गल्याङ नगरपालिकामा एक सय १६ जना सामुदायिक क्वारेन्टाइनमा
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा १ सय १६ जना सामुदायिक क्वारेन्टाइनमा राखिएको छ ।
नेपालकै विभिन्न ठाउँबाट आएका ८८ जना पुरुष र २८ जना महिला गरी एक सय १६ जनालाई गल्याङ नगरपालिकाले १४ दिनका लागि क्वारेन्टाइनमा राखेको हो ।
क्वारेन्टाइनमा बस्नेहरुमा सबैभन्दा धेरै बारा जिल्लाबाट आएका छन् । बाराको डावर नेपालमा कार्यरत गल्याङ नगरपालिकाका विभिन्न वडाका ७९ जना स्थानीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै, काठमाडौंबाट आएका २२ जना, बुटवलबाट आएका पाँच जना, म्याग्दीबाट आएका चार जना, चितवनबाट आएका तीन जना, दुम्कीबास बाट आएका दुई जना र चापाकोटका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
गल्याङ नगरपालिका तीनमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, वडा नम्बर सातको ज्योति आधारभूत विद्यालयमा ११ जना र खोलाखर्क आधारभूत विद्यालयमा आठ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
यसैगरी, वडा नम्बर दुई गुठीमा रहेको आमा समूहको भवन, गल्याङ नगरपालिका आठमा रहेको कृष्ण अर्यालको खाली घर, वडा नम्बर छ मा रहेको नरोदय मावि र वडा नम्बर चारको शिशुकल्याण माविमा दुई दुई जनाका दरले क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बस्नेमा सबैधन्दा धेरै वडा नम्बर चारका ३४ जना रहेका छन् । यस्तै, वडा नम्बर सात का २६ जना, वडा नम्बर पाँच का १७ जना, वडा नम्बर दुई का १३ जना र वडा नम्बर ११ का नौ जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी, वडा नम्बर छ का छ जना, वडा नम्बर आठ का पाँच जना, वडा नम्बर एकका चार जना र वडा नम्बर तीनका एक जना क्वारेन्टाइनमा बसेका छन् ।
एक जना भने पाल्पाको रामपुर नगरपालिका वडा नम्बर आठका पनि क्वारेन्टाइनमा राखिएको छ । काठमाडौं बाट आएका उनलाई गल्याङ बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा बस्नेहरुलाई खाना बस्नको राम्रो व्यवस्था गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले पकाउने भान्छेको व्यवस्था गरि खाना, खाजाको राम्रो व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘१४ दिन क्वारेन्टाइनको बसाईका क्रममा उहाँहरुमा कुनै कमी नहोस् भन्नेमा हामी सचेत छौं ।’
यसैवीच, गल्याङ नगरपालिका १ मा रहेको राम्दीमा झण्डै १४ हजार जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
गण्डकी प्रबेश गर्ने नाकामा भित्रिएका र बाहिरिएका ति यात्रुहरुलाई गल्याङ नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण गरिएको हो ।
चैत्र दुई गते हेल्थ डेस्क स्थापना गरिएपछि हालसम्म १३ हजार नौ सय ४७ जनाको स्वास्थ्य परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार स्वास्थ्य परिक्षण गरिएका हरुमा तीन हजार ८८ महिला छन् भने १० हजार आठ सय ८९ जना पुरुष रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


