होम क्वारन्टाइनमा बसेका एक सय दश जना सबैलाई परिवारसँगै बस्ने अनुमति

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बस्नेहरु सकिएका छन् । विदेशबाट आएका एक सय दश जना सबै १५ दिन होम क्वारेन्टाइनमा बसे पछि परिवारसँगै बस्ने अनुमति पाएका हुन् । चैत्र दुई गते यता भारत सहित विदेशबाट नगरपालिकामा आएका एक सय दश जनालाई होम क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरुलाई १५ दिन पुरा भएपछि साबधानी पूर्वक रहन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –“फागुन महिनामा आएकालाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो । दुई हप्ता भन्दा बढि भएकाले उनीहरुलाई अब होम क्वारेन्टाइनमा बस्नु नपर्ने भएकाले साबधानी अपनाउन मात्रै भनिएको हो ।”
गल्याङ नगरपालिकामा बनाइएका ५१ वटा सामुहिक क्वारेन्टान भने खाली नै रहेका छन् । यस्तै आठ शैयाको आइसोलेशन कक्षमा पनि अहिलेसम्म कसैलाई राख्न नपरेको स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
यसैवीच, सोमबार गल्याङमा स्वाब परिक्षण गरिएकाहरुको रिपोर्ट विहीबार मात्रै आउने भएको छ । पोखरामा परिक्षणको क्रममा रहेकाले रिपोर्ट बिहीबार मात्रै आउने स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
गल्याङमा विदेशबाट आएका ११ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…