गल्याङ नगरपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या १२५ पुग्यो
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा सामुदायिक क्वारेन्टाइनमा बस्नेको संख्या एक सय २५ पुगेको छ ।
नेपालका विभिन्न ठाउँबाट आएका ९४ जना पुरुष र ३१ जना महिला गरी एक सय २५ जनालाई गल्याङ नगरपालिकाले १४ दिनका लागि क्वारेन्टाइनमा राखेको छ ।
धनकुटाबाट आएका चार जना, बुटवलबाट आएका चार जना र पोखराबाट आएका चार जना क्वारेन्टाइनमा बस्नेहरु थपिएका छन् । मंगलबार राती र बुधबार राती आएका उनीहरुलाई गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उनीहरुसँगै बहुमुखी क्याम्पसमा मात्रै क्वारेन्टाइनमा बस्नेहरुको संख्या ९८ पुगेको छ ।
सबैभन्दा धेरै बारा जिल्लाको डावर नेपालमा कार्यरत गल्याङ नगरपालिकाका विभिन्न वडाका ७९ जना स्थानीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै, काठमाडौं, बुटवल, म्याग्दी, चितवन, दुम्की तथा चापाकोट र पोखराबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
गल्याङ नगरपालिका तीनमा रहेको गल्याङ बहुमुखी क्याम्पस बाहेक वडा नम्बर सातको ज्योति आधारभूत विद्यालयमा ११ जना र खोलाखर्क आधारभूत विद्यालयमा आठ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
यसैगरी, वडा नम्बर दुई गुठीमा रहेको आमा समूहको भवन, गल्याङ नगरपालिका आठमा रहेको कृष्ण अर्यालको खाली घर, वडा नम्बर छ मा रहेको नरोदय मावि र वडा नम्बर चारको शिशुकल्याण माविमा दुई दुई जनाका दरले क्वारेन्टाइनमा राखिएको छ ।
गल्याङ नगरपालिका दश बाहेक अन्य वडाबाट आएकाहरु क्वारेन्टाइनमा बसेका छन् ।
एक जना भने पाल्पाको रामपुर नगरपालिका वडा नम्बर आठका पनि क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुलाई खाना बस्नको राम्रो व्यवस्था गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले पकाउने भान्छेको व्यवस्था गरि खाना, खाजाको राम्रो व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘१४ दिन क्वारेन्टाइनको बसाईका क्रममा उहाँहरुमा कुनै कमी नहोस् भन्नेमा हामी सचेत छौं ।’
यसैवीच, गल्याङ नगरपालिका १ मा रहेको राम्दीमा स्वास्थ्य परिक्षण गराउनेको संख्या १४ हजार जना नाघेको छ ।
गण्डकी प्रबेश गर्ने नाकामा भित्रिएका र बाहिरिएका ति यात्रुहरुलाई गल्याङ नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण गरिएको हो ।
चैत्र दुई गते हेल्थ डेस्क स्थापना गरिएपछि हालसम्म १४ हजार एक सय ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार स्वास्थ्य परिक्षण गरिएका हरुमा तीन हजार एक सय १४ जना महिला छन् भने ११ हजार ५१ जना पुरुष रहेका छन् ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


