गल्याङका व्यवसायीहरुले गरे सर्वसुलभ मुल्यमा खाद्यान्न उपलव्ध गराउने प्रतिबद्धता
गल्याङ : स्याङजाको गल्याङबजारका व्यापारी व्यवसायीहरुले सर्वसुलभ रुपमा खाद्यान्न वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
गल्याङबजारका व्यापारी तथा व्यवसायी सहित अनुगमन समितिको बैठकमा व्यापारी व्यवसायहीहरुले उपभोक्तालाई सरल र सहज रुपमा खाद्यान्न विक्री गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समितिका संयोजक तथा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको समयमा खाद्य सामाग्री विक्रि वितरण गर्ने, कालोबजारी नगर्ने र गर्न नदिने, साविकको भन्दा बढि मुल्य नलिने लगायतका निर्णय पनि गरेको छ ।
बैठकमा गल्याङ चेम्बर अफ कमर्स, गल्याङ उद्योग वाणिज्य संघ सहित गल्याङका थोक खाद्य व्यापारीहरुको सहभागिता रहेको थियो
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


