गल्याङमा उत्पादित तरकारी तुलसीभञ्ज्याङ कृषि सहकारीले खरिद विक्री गर्ने
गल्याङ :गल्याङमा उत्पादित तरकारी तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले खरिद तथा विक्री गर्ने भएको छ ।
गल्याङ नगरपालिका भित्रका तरकारी उत्पादक किसानहरुको समस्याको समाधानका लागि गल्याङ नगरपालिकाको समन्वयमा साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट तरकारी खरिद विक्री हुने भएको हो ।
संस्थाले गल्याङ नगरपालिका भित्र उत्पादित तरकारी खरिद तथा विक्री गर्ने निर्णय भएकाले सम्पर्क गर्न सम्पूर्ण तरकारी उत्पादक किसानहरुलाई संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले आग्रह गर्नुभएको छ ।
सिंजालीका अनुसार बजार मुल्य अनुसार किसानबाट उत्पादित तरकारी उचित मुल्यमा खरिद तथा विक्री हुनेछ ।
लकडाउनका कारण समस्यामा परेको अवस्थामा सहजीकरणका लागि यस्तो निर्णय भएको गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताउनुभयो ।
उहाँले तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाको जुनसुकै क्षेत्रमा पुगेर किसानले उत्पादन गरेको तरकारी खरिद गरी बजारीकरण गर्ने सहमति भएको स्पष्ट पार्नुभयो ।
पाण्डेका अनुसार यसका लागि किसानको बारीसम्म पुग्न इन्धनको व्यवस्था गल्याङ नगरपालिकाको तर्फबाट हुनेछ ।
तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीले नाफाको भन्दा पनि सेवाको भावनाका साथ संस्थाले किसानलाई राहत दिन खोजेको बताउनुभयो ।
उहाँले कुहिएर जान सक्ने तरकारीको बजारिकरणका लागि यस्तो निर्णय गरिएको स्पष्ट पार्नुभयो ।
यसका लागि तरकारी उत्पादक किसानहरुले प्रबन्धक शम्भुनारायण अधिकारी र कर्मचारी सुर्य धमेललाई ९८५६०३२९६८ र ९८५६०५१३१५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


