गल्याङ जेसिजद्वारा नगर प्रकोप ब्यबस्थापन कोषमा सहयोग ।
आँधीखोला खबर/गल्याङ : मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो भन्ने आस्था र विश्वासका साथ क्रियाशिल गल्याङ जेसीजले कोरोना संक्रमणवाट बच्न गल्याङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ प्रकोप ब्यबस्थापन कोषमा नगद सहयोग प्रदान गरेको छ । गल्याङ जेसिज ले आजै नगरपालिकाका प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डे समक्ष ११ हजार रुपैया नगद हस्तान्तरण गरेको हो ।
नगरपालिकाले स्थापना गरेको कोषमा नगद जम्मा गर्न हस्तान्तरण गरिएको गल्याङ जेसीजका अध्यक्ष दर्बेन्द्रदेब खनालले जानकारी दिए । नगद हस्तान्तरण गर्दै उनले जेसिज सामाजिक सस्था भएको र सबै साथिहरुले खुशी मनका साथ गर्नुभएको सहयोगले नगरपालिकालाई काम गर्न मद्दत पुग्नेमा विश्वस्थ रहेको बताए। नगर प्रमुख भुपराज अधिकारिले जेसिजको सहयोग नगरपालिकाको लागि ठुलै राहत हुने बताउदै सदैव जेसिज अभियानमा साथ दिने प्रतिबद्धता ब्यक्त गरे। हस्तान्तरण समारोहमा गल्याङ जेसिजका महासचिव खगेन्द्र भण्डारी,कार्यकारी उपाध्यक्ष ऋषि बस्याल,कानुनी सल्लाहकार,उपाध्यक्षहरु लगाएत जेसिज पदाधिकारीहरुको उपस्थिति रहेको कोषाध्यक्ष सुनिल पाठकले जानकारी दिएका छन।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


