स्याङजा प्रशासनले गर्यो लकडाउन को लागि ईपासको ब्यवस्था(यसरी लिन सकिन्छ ईपास)
भवानी अधिकारी/स्याङजा :
कोरोना महामारीवाट बच्न, बचाउन र सरकारद्धारा जारी लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय स्याङजाले ई पासको ब्यवस्था मिलाएको छ ।
अत्यावश्यकरुपमा सवारी अनुमति चाहिएमा मोवाइलको म्यासेज वक्समा गई १११२ मा जुनसुकै कोड थिची एसएमएस गरेपछि आउने इनबक्समा https,epass.moha.gov.np (ईपास डट मोह डट गोभ डट एनपी) लिंक खोली पासका लागि आवश्यक अनुरोधकले आफनो विवरण भरेर अपलोडगरी पेश गर्न सकिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
अनलाईन फाराम पेश गरेपछि जिल्ला प्रशासन कार्यालयले ईपास वितरण मापदण्डको आधारमा पास दिने वा नदिन के उपयुक्त हुन्छ अनुरोधकर्ताको मोवाइल बक्समा सुचना जाने ब्यवस्था मिलाएको छ । अनलाइन फारम स्वीकृत भएमा मोवाइलमा एउटा कोड आउने र सोही कोड नै सवारी अनुमति पास हुने जानकारी गराउदै अति आवश्यक कामका लागिमात्र ईपास स्वीकृत हुने हुदा अनावश्यक दरखास्त नदिन समेत प्रशासन कार्यालयले सूचित गराएको छ ।
यसैबीच, चैत १८ पछि राष्ट्रिय अवधिभर लागुहुने भनी जारी भएका सवारी आवागमन पास लिएका पास प्रयोगकर्ताले भने नयाँ पास लिइरहनु नपर्ने प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


