यसरी गरौँ लकडाउनको समयमा ध्यान र साधना
आदर्श प्रधान, मनोविद्, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर
लकडाउनको फुर्सदिलो समय कसरी सदुपयोग गर्ने भन्ने चिन्ता सबैलाई हुने गर्छ । दिनचर्या निष्क्रिय रहनाले अहिले स्वतः तनाव निम्तिने गर्छ । यस्तो तनाव नियन्त्रण तथा व्यवस्थापन कसरी गर्ने भन्ने धेरैलाई चिन्ताको विषय बनेको छ । तनाव कम गर्ने विभिन्न माध्यममध्ये ध्यान अत्यन्तै लाभदायक छ ।
ध्यानले तनाव विसर्जन गर्ने मात्र नभएर शारीरिक, मानसिक तथा भावनात्मक रूपमा स्वस्थ बनाउँछ । आजभोलि ध्यान गर्नुपर्छ भन्ने धेरैलाई थाहा छ । कतिले त ध्यानका बारेमा नबुझेर नै आँखा चिम्लिने गर्छन् । सामान्य भाषामा भन्दा ध्यान स्वयंतिर फर्कने क्रिया हो जसमा एकाग्रताको प्रयोग हुँदैन । होसमा बसेर भावमा बस्ने क्रिया हो यो । फुर्सदिलो समयमा गहिरो ध्यान घरमै सहजै गर्न सकिन्छ । यसका लागि निम्न उपाय अपनाउनुपर्छ ।
सुविधाजनक समय छनोट
ध्यान सकेसम्म विश्रामको समयमा मात्र गर्नुपर्छ । हतास, तनाव, थकानको अवस्थामा ध्यान नगर्दा राम्रो हुन्छ । त्यसैले अनुकूल समय छान्नु उत्तम हुन्छ । ब्रह्ममुहूर्त बिहान ४ देखि ६ बजेको समयलाई उत्तम मानिन्छ । तर, अहिले हामीसँग पर्याप्त समय भएकाले कुनै पनि समयमा गर्न सकिन्छ ।
सूक्ष्म व्यायाम गर्ने
ध्यान सुरु गर्नुअघि हल्का सूक्ष्म व्यायाम गर्नु राम्रो हुन्छ । यसले रक्तसञ्चार राम्रो हुनुका साथै शरीरको लचकता बढाउँछ । यसले लामो समयसम्म ध्यान बस्न सहज बनाउँछ ।
शान्त स्थानमा बस्ने
ध्यानको सुरुवातमा शान्त स्थानको छनोट गर्नुपर्छ । गहन ध्यानमा सहज रूपमा जान सकिने अवस्थामा पुगेपछि कुनै पनि स्थान उपयुक्त हुन्छ ।
प्राणायामको अभ्यास गर्ने
ध्यानको आसनमा बसेपछि लामो तथा गहिरो श्वास लिने र छाड्ने गर्नुपर्छ जसलाई भस्त्रिका भनिन्छ । साथै, समय छ भने कपालभाती, अनुलोम–विलोम र भ्रामरी प्राणायाम पनि गर्न सकिन्छ । प्राणायामले मस्तिष्कदेखि शरीरभरि अक्सिजनको सञ्चार गरेर लामो समय ध्यानमा बस्न सहयोग गर्छ जसले गर्दा ध्यानमा बस्दा छटपटी कम हुन्छ ।
आरामसँग बस्ने
ध्यानमा सबैभन्दा महत्वपूर्ण मेरुदण्ड सीधा पारेर आरामसँग बस्नुपर्छ । आफ्नो गर्दनलाई विश्रामपूर्वक राखेर सहज रूपमा आँखा बन्द गर्नुपर्छ । सामान्यतया, पलेँटी मारेर सुखासनमा बस्न सकिन्छ । कसै–कसैलाई लामो समय पलेँटी कसेर बस्दा झमझम हुने, ढाड, घुँडा दुख्ने समस्या हुन सक्छ । यस्तो भएमा कुर्सीमा आरामले बस्न सकिन्छ । हातलाई ज्ञान, ध्यानलगायत कुनै पनि मुद्रामा राख्न सकिन्छ । दुवै हातलाई एक–अर्कामा क्रस गरेरसमेत राख्न सकिन्छ ।
ध्यान सिद्धिएपछि तत्कालै आँखा खोल्नु हुँदैन । पहिला आँखा खोल्दै छु भन्ने भाव केही समय मनमनै दोहो-याएपछि करिब तीनचोटि लामो गहिरो श्वास लिने र छाड्ने गरेर बिस्तारै आँखा खोल्नुपर्छ । जब हामी ध्यानको गहिराइमा पुग्छौँ, आँखा खोलेपछि अर्कै समयमा हुन्छौँ । त्यसैले हतासमा आँखा खोल्नु हुँदैन ।
पेट हल्का राखौँ
ध्यान गर्दा मानिस निदाउने सम्भावना अधिक हुन्छ । त्यसैले, खाना खानेबित्तिकै वा पूरा खाली पेटमा ध्यान नगर्नु राम्रो हुन्छ । पेट हल्का भएको अवस्थामा कुनै पनि वेला ध्यानमा बस्न सकिन्छ । ठिक्क भरिएको पेटमा ध्यान गर्नु शरीरका लागि उत्तम मानिन्छ ।
मुहारमा मुस्कान
प्रायः मानिस ध्यानलाई गम्भीर ठानेर यसको अभ्यास गर्ने गर्छन् । यस्तो गम्भीर अभ्यासले ध्यानलाई बाधा पु¥याउँछ भने ध्यानले चाहिँ वर्तमान अवस्थामा राख्छ । त्यसैले, ध्यानलाई एउटा सामान्य खेलझैँ मानेर मुस्कुराएर गर्नुपर्छ । यसले मानिसलाई विश्राम अवस्थामा सहजै पु-याउँछ ।
ध्यानको अभ्यास
सबै तयारी भइसकेपछि शान्तसँग बस्नुपर्छ । धेरै विचार चलिरहेको छ भने नाकको टुप्पोमा श्वास गइरहेको र आइरहेको हेर्ने गर्नुपर्छ । यसले मनमा चलिरहेको विचारलाई कम गरेर वर्तमानमा आउन मद्दत गर्छ । मनको विचार, बाहिर आइरहेको आवाजलाई पूर्णरूपमा स्विकारेर अघि बढ्नुपर्छ । कुनै कुराको विश्लेषण भने गर्नु हुँदैन । नियमित अभ्यासपछि बिस्तारै विचार कम हुँदै जान्छ । यसका लागि राम्रो ध्यान प्रशिक्षकसँग प्रशिक्षण लिनु राम्रो हुन्छ ।
ध्यान सिद्धिएपछि के गर्ने ?
- ध्यान सिद्धिएपछि तत्कालै आँखा खोल्नु हुँदैन । पहिला आँखा खोल्दै छु भन्ने भाव केही समय मनमनै दोहो-याएपछि करिब तीनचोटि लामो गहिरो श्वास लिने र छाड्ने गरेर बिस्तारै आँखा खोल्नुपर्छ । जब हामी ध्यानको गहिराइमा पुग्छौँ, आँखा खोलेपछि अर्कै समयमा हुन्छौँ । त्यसैले हतासमा आँखा खोल्नु हुँदैन ।
- ध्यान गरेपछि आफूलाई एक प्रकारको शान्ति, स्फूर्ति र उत्साह बढेको आभास हुन्छ । ध्यानले तनावलाई व्यवस्थापन गर्नुका साथै प्रेम, अकारण खुसी प्रदान गर्छ । अहिलेको समयमा हामी बाहिर जान नसके पनि आफूभित्र जान हामीलाई ठूलो मौका मिलेको छ । जसको पूर्ण सदुपयोग गर्नु बुद्धिमानी हुन्छ । नयाँ पत्रिका दैनिकबाट
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…