देउवाले प्रधानमन्त्री ओलीलाई भने, ‘सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्’

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर गल्ती सच्च्याएको पनि बताएका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस नोटका अनुसार भेटमा देउवाले ‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्बाही हुनुपर्छ’ पनि भनेका छन्। समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आइजिपी सर्वेन्द्र खनालले अपहरण गरेर काठमाडौं ल्याएको समाजवादी पार्टीले बताएको थियो।
समाजवादी पार्टी फोर्ने उद्देश्यले ओलीकै निर्देशनमा उनको अपरहण गरिएको आरोप समाजवादीले लगाएको थियो। यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका भए पनि समाजवादी र राजपाबीच एकता भएपछि उनी काठमाडौंको मेरियट होटलबाट ‘उम्किएका’ थिए।
यस्तै देउवाले कोरोनाको रोकथामाका लागि ब्यापक परिक्षण अहिलेको आवश्यकता रहेको भन्दै समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगर्न सुझाव दिएको पनि कांग्रेसले बताएको छ
स्वास्थकर्मीहरुलाई पीपिइलगायतका सामग्री अझै पर्याप्त नभएको भन्दै देउवाले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम तुरुन्तै रोक्न पनि आग्रह गरेका छन्। ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन। श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्,’ देउवाले सुझाव दिएका छन्।
यस्तै देउवाले ‘बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्। त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस्,’ भनेर सुझाव दिएको पनि कांग्रेसले बताएको छ। ईकान्तीपुर डटकमबाट
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…