कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित
कोरोना भाइरस (कोभिड-१९)संक्रमणबाट विश्वभर मर्नेको संख्या २ लाख नाघेको छ भने २९ लाख बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ।
वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार आईतवार बिहान सम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्। सोही अवधिसम्म विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।
संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ७९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हालः विश्वमा १८ लाख ७८ हजार ३ सय ५१ जना कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५८ हजार १ सय ८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख २० हजार १ सय ७३ जनाको अवस्था सामान्य छ।
नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १२ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्। ३७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


