कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित

कोरोना भाइरस (कोभिड-१९)संक्रमणबाट विश्वभर मर्नेको संख्या २ लाख नाघेको छ भने २९ लाख बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ।
वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार आईतवार बिहान सम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्। सोही अवधिसम्म विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।
संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ७९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हालः विश्वमा १८ लाख ७८ हजार ३ सय ५१ जना कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५८ हजार १ सय ८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख २० हजार १ सय ७३ जनाको अवस्था सामान्य छ।
नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १२ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्। ३७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…