कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ९ लाख ५५ हजार बढी निको भए

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार २ लाख १७ हजार ९ सय ७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमित ३१ लाख ३८ हजार १ सय १५ मध्ये ९ लाख ५५ हजार ७ सय ७० जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा १० लाख ३५ हजार २ सय ४० जना कोरोना संक्रमित हुँदा ५९ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ३२ हजार १ सय २८ जना संक्रमित हुँदा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुग्दा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।
फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ५९ हजार ९ सय १२ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ३ सय १४ पुगेको छ ।
बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित हुदा २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।
भारतमा ३१ हजार ३ सय ६० जना संक्रमित हुंदा १ हजार ८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुग्दा ३ सय १२ जनाको मृत्यु भएको छ ।(एजेन्सी)
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…