स्याङ्जा : ८ जनाको रिपोर्ट नेगेटिभ

भवानी अधिकारी /स्याङ्जा : कोभिड-१९ कोरोना भाइरसको आशंकामा स्याङजाबाट पठाइएका ८ वटा नमूना स्वाब परिक्षणको नतिजा नेगेटिभ देखिएको छ। बिभिन्न समयमा शंकास्पद व्यक्तिहरुका स्वाब परिक्षणका क्रममा शनिबारसम्म ८ जनामा नेगेटिभ देखिएको हो।
वालिङवाट पठाइएको ४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ। फ्रान्सबाट आएका संक्रमित युवती सवार कतार एयरवेजको विमानबाट ६ जना र धनगढीका संक्रमित युवा सवार विमान एयर अरेबियाबाट गत साता ४ जना युवा घर फर्केका थिए।
वालिङबाट चार जनाको स्वाबको नमूना परीक्षणका लागि बिहीवार पठाइएको थियो। वालिङ नगरपालिकाका एक पुरुष र चापाकोट नगरपालिकाका २ पुरुष र एक महिला गरी ४ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए।
२६ दिन अघि कतार एयरलायन्सबाट चापाकोटका ती पुरुषका पत्नीलाई एक साता अघिदेखि ज्वरो तथा खोकी लागेपछि उपचारका लागि वालिङस्थित गह्रौ प्राथामिक अस्पताल लगिएको थियो। उच्च ज्वरो देखिएपछि र उनीसँगै पती र बुवाको स्वाब नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाइएको हो। वालिङका पुरुष विदेशबाट संक्रमित व्यक्ति सवार जहाजमा आएका थिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताए। उनलाई अहिले पनि होम क्वारेन्टाइनमा राखिएको छ भने चापाकोटबाट आएका ३ जनालाई वाालिङमा रहेको आईसोलेसनमा राखेर उपचार गरिएको छ।
यस भन्दा अगाडी कोरोना संक्रमितसँगै कतार एयरवेजको विमानमा सवार मध्ये ४ जना स्याङजाका युवामा गरिएको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको छ। फेदिखोला र पुतलीबजारका ३ जनाको स्वाब परिक्षणका लागि पठाइएको थियो। उनीहरुको स्वाब परिक्षण पनि नेगेटिभ आएको छ। जिल्लामा अहिले शंकास्पद स्वाब परिक्षण गर्नेको संख्या ८ पुगेको छ। उनीहरु सबैको नतिजा भने नेगेटिभ देखिएको छ।
अहिलेसम्म जिल्लामा २३ जना क्वारेन्टाइनमा र होमक्वारेन्टाइनमा ५ सय ६७ जना बसेका छन्। त्यस्तै ३ जनाले क्वारेन्टाइन अवधिपुरा गरी घर फिर्ता भएका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।अन्नपूर्णपोष्ट बाट
.

समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…