कोरोना परिक्षण : स्याङ्जाबाट पठाईएका मध्ये १६६ जनाको नेगेटिभ
आँधीखोला खबर/स्याङजा :
स्याङजा जिल्लाबाट पठाइएका कोरोना भाइरस नमूना श्वावमध्ये १६६ जनाको नतिजा नेगेटिभ आएको छ । शुक्रवार साँझसम्म स्याङजाबाट २ सय ६ जनाको श्वाब संकलन गरी पठाएकोमा १६६ जनाको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
अब ४० जनाको कोरोना रिपोर्ट आउन बाँकी छ । यही चैत २ गतेपछि विभिन्न मुलुकबाट जिल्लामा आएर क्वारेन्टाइमा बसेकाहरुको ६ सय २४ जनाको कोरोना भाइरस नमूना परीक्षण भईरहेको छ ।
अहिलेसम कालीगण्डकी, आँधीखोला, फेदिखोला,बिरुवा गाउँपालिकामा र गल्याङ, भीरकोट,वालिङ, चापाकोट लगायतका स्थानीयतहबाट नमूना श्वाब संकलन गरी पठाईएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको सहयोग तथा स्थानीय तहको समन्वयमा नमूना भाइरस श्वाब संकलन गरी पोखरा पठाउने गरिएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


