कोरोना परिक्षण : स्याङ्जाबाट पठाईएका मध्ये १६६ जनाको नेगेटिभ

आँधीखोला खबर/स्याङजा :
स्याङजा जिल्लाबाट पठाइएका कोरोना भाइरस नमूना श्वावमध्ये १६६ जनाको नतिजा नेगेटिभ आएको छ । शुक्रवार साँझसम्म स्याङजाबाट २ सय ६ जनाको श्वाब संकलन गरी पठाएकोमा १६६ जनाको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
अब ४० जनाको कोरोना रिपोर्ट आउन बाँकी छ । यही चैत २ गतेपछि विभिन्न मुलुकबाट जिल्लामा आएर क्वारेन्टाइमा बसेकाहरुको ६ सय २४ जनाको कोरोना भाइरस नमूना परीक्षण भईरहेको छ ।
अहिलेसम कालीगण्डकी, आँधीखोला, फेदिखोला,बिरुवा गाउँपालिकामा र गल्याङ, भीरकोट,वालिङ, चापाकोट लगायतका स्थानीयतहबाट नमूना श्वाब संकलन गरी पठाईएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको सहयोग तथा स्थानीय तहको समन्वयमा नमूना भाइरस श्वाब संकलन गरी पोखरा पठाउने गरिएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…