स्याङजाका २ सय १७ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

भवानी अधिकारी/स्याङजा :
अर्जुनचौपारी गाउँपालिकामा बिदेशबाट आउनु भएका ५१ जनार्को रयापिड डाइगोनिष्टक टेष्टमा सबैको नतिजा नेगेटिभ देखिएको छ ।
स्याङ्जामा गरिएको शनिवारसम्म २ सय १७ जनाको कोरोना भाइरस नमूना श्वाव परिक्षण नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
जिल्लाका चैत्र २ गते यता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना श्वाव परिक्षण गरिदै आएको छ । यसअघिका स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइने गरिएता पनि शुक्रवारदेखि भीरकोट, विरुवामा र शनिवार अर्जुनचौपारीमा ¥यापिड डाग्नोस्टिक टेष्ट प्रबिधीद्धारा चिकित्सकले कोरोना परिक्षण गरेका थिए ।
यसअघि, फेदिखोला गाउँपालिकामा १२ जना, आधिखोलामा १८ जना, कालीगण्डकीमा २० जना र विरुवामा २६ जना र गल्याङ् नगरपालिकामा ११ जना, चापाकोटमा १६ जना, वालिङ्मा १२ जना, भीरकोटका ४० जनाको नमूना श्वाव परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
सबै स्थानीय तहगत रेकर्ड अनुसार चैत २ गतेपछि भारत लगायत तेस्रो मुलुकबाट स्याङजामा आउनेको संख्या ६ सय २४ रहेको छ ।

Facebook Comments Box
TOP