स्याङजामा ४१० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ

आँधीखोला खबर/स्याङजा :
स्याङजाका बिभिन्न स्थानीयतहमा मंगलवार गरिएको ७० जनाको कोरोना भाइरस नमूना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
र्यापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको हो । यो नतिजासंगै स्याङजामा आजसम्म गरिएका ४१० जनाको कोरोना टेष्ट रिपोर्ट सबै नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
चैत्र २ गतेयता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना श्वाव एवं रगत परिक्षण गरिदै आएको छ । यसअघिका ९७ जनाको स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो । त्यहाँ पठाइएका नमूना
श्वाव पनि नेगेटिभ आएका थिए भने पछिल्लादिनमा ३ सय १३ जनाको नमूना परिक्षण भने स्याङजामै गरिएका हुन ।
र्यापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट पत्ता लाग्ने बिधि हो । ६ सय २४ जना वैदेशिक रोजगारबाट स्याङजा आएको जनाइएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…