स्याङजामा ४१० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ
आँधीखोला खबर/स्याङजा :
स्याङजाका बिभिन्न स्थानीयतहमा मंगलवार गरिएको ७० जनाको कोरोना भाइरस नमूना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
र्यापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको हो । यो नतिजासंगै स्याङजामा आजसम्म गरिएका ४१० जनाको कोरोना टेष्ट रिपोर्ट सबै नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
चैत्र २ गतेयता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना श्वाव एवं रगत परिक्षण गरिदै आएको छ । यसअघिका ९७ जनाको स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो । त्यहाँ पठाइएका नमूना
श्वाव पनि नेगेटिभ आएका थिए भने पछिल्लादिनमा ३ सय १३ जनाको नमूना परिक्षण भने स्याङजामै गरिएका हुन ।
र्यापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट पत्ता लाग्ने बिधि हो । ६ सय २४ जना वैदेशिक रोजगारबाट स्याङजा आएको जनाइएको छ ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


