कोरोना रोकथामका लागि पुतलीवजार नगरपालिकामा छलफल

आँधीखोला खबर/पुतलीवजार :
पुतलीबजार नगरपालिकाले एक कार्यक्रमका विच राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिधिनिमुलक संस्थाहरु, स्वास्थ्यकर्मीहरु र वडा प्रतिनिधिहरु सग कोरोनाको बारेमा समीक्षा छलफल गरेको छ । कोरोना सम्बन्धी सुधार गर्नुपर्ने र केही थप काम गर्न आवश्यक भए काम गर्ने उदेश्यले समीक्षा गरिएको हो । समिक्षा कार्यक्रममा पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा क्षेत्रीले कोरोना सम्बन्धी भएका कामहरु प्रस्तुत गरेकी थिईन भने उपप्रमुख महेश पुरीले सुझाव दिन अनुरोध गरेका थिए । समिक्षा कार्यक्रममा उपस्थीत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य दिपक लम्सालले टोल विकासहरुलाई परिचालन गरेर कोरोनाको रोकथाम गर्न सकिने सुझाव दिए ।

उनले आवश्यकता अनुसार नाकाहरु बन्द गर्नुपर्ने बताएका थिए । त्यसैगरी नेपाली कांग्रेसका नगर सभापति वेदप्रसाद दोरङगाले कोरोनाको सचेतना कार्यक्रममा नगरपालिकाले खेलेको भुमिका राम्रो रहेको बताए । सहभागीहरुले समयमै नगरपालिकाले राहात सामाग्री वितरण गरेर राम्रो गरेको बताए । नगरप्रमुख क्षेत्रीले हाल सम्म ३ लाख ५० हजारको खाद्यन्य उपलब्ध भएको र ४ लाख नगद जम्मा भएको जानकारी समीक्षा कार्यक्रममा जानकारी गराएकी थिईन् । उनले पहिलो चरणमा नगरभित्रका १७ सय जनालाई राहात सामाग्री वितरण गरेको बताईन् । लकडाउनको अभदी थप भए सगै दोस्रो चरणमा पनि सुझाव अनुसार राहात वितरण गरिने नगरप्रमुख क्षेत्रीले बताईन् । नगरपालिकाले निर्माण गरेको क्वारेन्टीन जिल्लाकै उत्कृष्ठ रहेकोमा क्वारेन्टीनको चर्चा गरिएको थियो । समिक्षा कार्यक्रममा नेकपाकी नगर अध्यक्ष तारा पौडेल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ, स्याङजा च्याम्बर अफ कमर्शका उपाध्यक्ष श्री गुरुङ, स्वास्थ्य कर्मी उर्मीला रानाभाट, नगर प्रवक्ता ख्यामनारायण अधिकारी र ताराचन्द्र ढकाल लगाएतको उपस्थीती रहेको थियो ।

Facebook Comments Box
TOP