कोरोना रोकथामका लागि स्याङ्जा कांग्रेसको अभियान केन्द्र देखि स्थानीय नेता एकै ठाँउमा ।
आँधीखोला खबर/स्याङ्जा :
कोरोना रोकथामका लागि नेपाली कांग्रेस स्याङ्जाले छलफल अभियान शुरु गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चलाएको अभियानलाई थप प्रभावकारी बनाउन भन्दै छलफलको अभियान शुरु गरिएको कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर राना कुमारले बताउनु भयो । उहाँले भन्नुभयो, “यो शंकटबाट पार कसरी लगाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।”
कांग्रेसले राहत वितरण कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा जोड दिएको जनाएको छ त्यस्तै क्वारिन्टन तथा आईसोलेशनमा बसेका व्यक्तिहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा कांग्रेसले बिशेष जोड दिएको कार्यबाहक सभापति रानाले बताउनु भयो । उहाँले पार्टीका स्थानीय कार्यकर्तालाई कसरी कोरोना रोकथाम र नियन्त्रणमा परिचालन गर्नमा आफूहरुकोे ध्यान गएको बताउनु भयो ।
छलफलमा केन्द्रीय नेताहरुले पछिल्लो समय देशभर मजदुरहरुले दुख पाएको भन्दै पार्टीका सबै नेता कार्यकर्ताहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिईएको बताईएको छ । रानाले आफूहरुले आभावका वीच लामो यात्रामा निश्किएका मजदुरहरुलाई सहयोग गर्न सवै कार्यकतालाई अपिल गरिसकिएको स्पष्ट पार्नुभयो ।
.
कांग्रेस स्याङ्जाले ११ वटै स्थानीय तह, पार्टीका महासमिति तथा महाधिवेशन प्रतिनिधी, स्थानीयतहका पार्टी सभापतिहरु, जिल्ला सदस्यहरुसँग पहिलो चरणमा छलफल गरेको जनाएको छ । त्यस्तै दोस्रो चरणमा प्रदेश सांसद, पूर्व सांसद तथा पार्टीका केन्द्रीय नेताहरुसँग छलफल गरेको कार्यबाहक सभापति रानाले बताउनु भयो ।
छलफलमा कसले के भने
छलफलमा भाग लिदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले नागरिकको स्वास्थ्यलाई पहिलो शर्तको रुपमा लिएको बताउनु भयो । उहाँले सरकारलाई आफूहरुले खुलेर साथ दिएको तर सरकारका व्यक्ती नै भ्रष्टाचारमा डुवेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, यो विषम परिस्थितीमा पनि भ्रष्टाचार गर्न खोज्नु अत्यन्तै दुखद पक्ष हो ।
त्यस्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो महासंकटबाट पार लिन सरकारमा नभए पनि साथ दिनु पर्ने बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्य प्रति चनाखो रहन सवैलाई आग्रह समेत गर्नुभयो ।
यसैगरी कांग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान् श्रेष्ठले जनताको सुखदुखमा पार्टी जोडिनु पर्ने भन्दै गाउँगाउँमा सहयोग र सहकार्यको अभियान चलाउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पहिला आफू स्वस्थ र सुरक्षित रहनु पर्ने र अरुलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।
छलफलमा संविधानसभा सदस्य मोहन पाण्डे, राजु थापा, पर्व सांसद शंकर प्रसाद पाण्डे, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीयदलका उपनेता मेखलाल श्रेष्ठ, प्रदेश सांसद भागवत प्रकाश मल्ल लगायतको सहभागिता रहने गरेको छ ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …