समाजमा देखिएको कोरोनाको ऐना
कुमार बावु हिताँगा : आज लकडाउनको १५ औ दिन विहानैदेखि विभिन्न शैक्षिक, सामाजिक र पेसागत कर्ममा साँझसम्म सल्बलाउने, यी पाइलाहरु अहिले अदृष्य बन्धनमा बाँधिएका छन् ।
जर्मनी, फ्रान्स र अरु केही देशले त दुई जना मात्र हिँड्न पाउने नियम गरेका छन् । अझ हाम्रोमा त अत्यवश्यक काम बाहेक अरु कामले त्यसै हिँडडुल गर्न पाइँदैन । अहो कस्तो राम्रो काम ।
आज कोरोना नाम अपरिचि भएको भए, संसार आफ्नो गतिमा दौडिरहेको भए, घर चलाउन एउटी आमाले चर्को घाममा मकै पोल्दै हुन्थिन,चर्को घाममा बाबले विलडिङमा काम गर्दै हुनुहुन्थयो र कयौ विमानबाट नेपालीहरु सपना बोकेर विदेशीदै हुन्थे । ती मान्छेहरुको भिडमा म पनि हुन्थेँ कतै । गन्तव्यहीन यात्राहरु गर्थेँ । हरेक दिन आकांक्षाका रेस दौडिन्थेँ, इर्ष्याका लडाईं गर्थेँ
कोरोना’ शब्दले नै अहिले मन जिरिङ्ग हुन्छ , मेरो छिमेकमा पनि देशका विभिन्न ठाँउबाट र विदेशवाट दाईभाउजुहरु आउनु भएको छ । र विदेशवाट आउनुभएका छिमेकी दाई क्वारेन्टाइनमा हुनुहुन्छ । विपत्ति र दुःखमा आफ्नो जन्मभूमि सम्झिनु मानवीय स्वभाव हो । हाम्रो समाजले छिमेकी दाईको घर प्रति गरेको छिछि र दुरदुरले मेरो मनमा एउटा अमिलो पसेको छ ।
गाउँटोलमा कोरोना भाइरसको त्रासले सामाजिक सद्भाव र भाइचारा सम्बन्धमा दरार देखिने संकेतहरु देखिन थालेको छ। सामाजिक सम्बन्धहरुलाई विभाजन गर्ने एउटा दरिलो आधार कोरोना भाइरस बनेको छ ।
छिमेकी दाईको परिवार माथि छिछि र दुर दुरको व्यवहार गर्ने हाम्रो समाजले छिमेकी दाईको मानसिक्ता कस्तो भयो होला, परिवारमा के वितिरहेको होला, क्वारेनटाइनको गुणस्तर कस्तो होला हामीले के सहयोग गर्न सक्छौ भनेर कति सोच्यो भन्ने कुरामा ठाँउ छ जस्तो लाग्दैन बरु छिमेकी दाई कोरोना पोजेटिभ देखिएको होइन कवारेनटाइनमा मात्र बसेको हो भन्ने समेत बुझन सकेन ।
व्यक्तिको स्मृती कमजोर हुन सक्छ तर इतिहास बलियो हुन्छ । आज कवारेनटाइनमा मात्र बस्नु भएका छिमेकी दाईको परिवारलाई यस्तो व्यवहार गर्ने समाज भोली कोरोना पोजेटिभ देखिए कस्तो व्यवहार गर्ला यो समाजले इतिहास कत्ति धेरै अध्ययन गर्ला मेरा मनमा धेरै कुरा खेलेको छ ।
आज लकडाउनको पालन गर्ने बेला रहेछ,सवैलाई मनोवल उच्च बनाउन भुमिका खेल्ने बेला रहेछ अनि सजग रहने बेला रहेछ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …