अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार, विश्वभर १ लाख ९० हजारको निधन
कोरोना भाइरसको संक्रमणको कारण विश्वमै सबैभन्दा बढी अमेरिकामा करिब ५० हजार मानिसको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकाभरमा मृत्यु हुनेको संख्या ४९ हजार ८४५ पुगेको छ । त्यहाँ ८ लाख ८० हजार मानिस संक्रमित छन् ।
विश्वभर भने कोरोनाका कारण १ लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । संसारभर कोराना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख १८ हजार नाघेको छ ।
अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने शीर्ष पाँच देशमा क्रमशः इटाली २५ हजार ५ सयभन्दा बढी, स्पेन २२ हजारभन्दा बढी, फ्रान्स २१ हजार ८ सयभन्दा बढी, बेलायत १८ हजार ७ सयभन्दा बढी रहेका छन् ।
यी सबै देशमा मृत्यु हुनेको आंकडा दश हजार नाघेको हो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


