स्याङजाका लक्ष्मण श्रेष्ठको कोरोनाबाट बेलायतमा निधन
भवानी अधिकारी/स्याङजा : पुतलीबजार नगरपालिका ३ स्थायी घर भएका पूर्व ब्रिटिस गोर्खा सैनिक लक्ष्मण श्रेष्ठको ५९ वर्षको उमेरमा बुधबार लण्डनमा कोरोनाबाट मृत्यु भएको छ । कोरोनाको संक्रमण आशंकामा लण्डनस्थित एक अस्पतालमा ३ साताअघि भर्ना भएका श्रेष्ठको उपचारमा संलग्न चिकित्सकले कोरोना भएको पुष्टि गरेका उनका भतिज सुशील श्रेष्ठले जानकारी दिए।
उनको १४ दिनसम्म भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो।श्रेष्ठका ९९ वर्षीय आमा, पत्नी, ती छोरी र एक छोरा छन् । श्रेष्ठ परिवार विगत १५ वर्षदेखि लण्डनमा बस्दै आएका छन्। श्रेष्ठ बेलायती गोर्खा सेनामा भर्ती हुनुअघि राष्ट्रियस्तरको खेलाडी पनि हुन् । उनले प्रथम राष्ट्रि खेलकुद प्रतियोगिताको सटपुट (छेलो हान्ने खेल) मा स्वर्णपदक जितेका थिए ।
बेलायती गोर्खा सेनाबाट अवकाश भएपछि उनी पोखरा महानगरपालिका ६ बैदाममा बस्दै आएका थिए । बेलायती सरकारले पूर्व गोर्खा सैनिकलाई आकर्षक सुविधा र आवासीयसहित बेलायतमा बस्ने कानुनी बाटो खोली दिएपछि उनी परिवारसहित बेलायत बसेका थिए ।
करिब ५ वर्षअघि उनी स्याङजा आएका थिए । यसैगरी, गतसाता मात्रै वालिङ घर भएका बेलायत बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्ल गौडेलको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


