लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले लकडाउनको समय १२ दिन थपेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३ गतेसम्म कायम रहेको लक-डाउनलाई बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधी बढाइएको सरकारले जनाएको छ ।

अहिलेसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना निको भएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP