भीरकोटमा रक्तदान कार्यक्रम, ७१ जनाले गरे रक्तदान

blood donation_virkot

आँधीखोला खबर/भीरकोट :
कोरोना रोकथामका लागि भईरहेको लकडाउनमा रगतको अभाव नहोस् भनेर भीरकोटमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ७१ जनाले रक्तदान गरेकाछन् । जसमा ५४ जना पुरुष र १७ जना महिला रहेकाछन् ।
सन्त निरंकारी मण्डल, भीरकोट जेसिज र आँधीखोला पिस युथ क्लबको संयुक्त आयोजनामा बयरघारी बजारमा रक्तदान कार्यक्रम गरिएको हो ।
सामाजिक दुरी कायम गरी गरिएको कार्यक्रममा क्षेत्रिय रक्त सञ्चारसेवा पोखराको टोलीले रगत संकलन गरेका थिए ।
लकडाउनका कारण रगत अभाव नहोस् भनेर कार्यक्रमको आयोजना गरिएके आँधीखोला पिस युथ क्लवका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।
कोरोनाका त्रासका बीच उल्लेख्य सहभागिता रहेको भन्दै सन्त निरंकारी मण्डलका अध्यक्ष यमबहादुर खत्रिले सबैलाई धन्यवाद दिनुभयो ।
यसअघि बुधवार वालिङमा भएको रक्तदान कार्यक्रममा १ सय ७१ जनाले रक्तदान गरेका थिए ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP