विश्वकृति युवा क्लबको अध्यक्षमा चोकलाल भुर्तेल
पर्वत : विश्वकृति युवा क्लबको पैयूँ ५ पर्वतको अध्यक्षमा चोकलाल भुर्तेल चयन भएका छन । बुधबार बसेको क्लबको बैठकले भुर्तेलको अध्यक्षमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा श्याम प्रसाद भुर्तेल, सचिवमा दुर्गा भुर्तेल, कोषध्यक्षमा ख्याम प्रसाद भुर्तेल चयन भएक छन् भने सदस्यहरुमा नवराज भुर्तेल,मनोज भुर्तेल ,कल्पना भुर्तेल,निर्मला भुर्तेल र विश्वास भुर्तेल चयन भएका छन् । हामी जे गर्छौ गाउँ विकासको लागि गर्छौ, गाउँ विकासको अभियान विश्वकृतिको पहिचान भन्ने मुल नाराका साथ २०६९ सालमा स्थापना भएर आगाडी बढिरहेको क्लबले अहिले सम्म विकासका कामलाइ पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । क्लबले समय समयमा, मेला महोत्सव, तालिम लगायत विभिन्न किसीमका सहयोग समेत गर्दै आएको र अगामी दिनमा थप नयाँ योजना सहित काम गर्ने नव निवार्चित अध्यक्ष चोकलाल भुर्तेलले जानकारी दिनु भयो । उहाँले क्लबले तत्कालै कोरोना भाईरस सम्बन्धि जनचेतना जगाउने काम गर्ने र आवश्यक परे गाउँपालिकासँग समन्वयन गरेर राहत वितरणमा सहयोग गर्ने जनाकारी दिनु भयो ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


