‘सरकार नीहित स्वार्थमा लाग्दा नागरिकको दल प्रति बितृष्णा बढ्यो’

बिष्णु पौडेल :

कोरनाको महामारीलाई नियन्त्रण गर्नका लागि गरिएको लकडाउन अवधिमा वर्तमान सरकारमा हुने सिमीत नेताहरुले आफनो निहीत स्वार्थमा प्रयोग गर्न खोज्दा समग्र राजनीति र राजनैतिक दलहरुप्रति आम सर्वसाधारणहरुको बितृष्णा बढेको पाइएको छ ।

देश संकटमा जुटदा सरकारद्धारा ओम्नी ग्रुपलाई स्वास्थ्य सामग्री खरिद सम्बन्धी ठेक्का र रद्ध, हाल आवश्यकता नै नभएका दुई अध्यादेश ल्याउने र फिर्ता गर्ने कार्य,

प्रधानमन्त्री स्वयमको निर्देशनमा पुर्व प्रहरी महानिरीक्षक लगायत नेकपाका सासंदहरुद्धारा पार्टी विभाजन गर्ने उदेश्यले अपहरणको शैलीमा राजपाका नेतामाथि कब्जा लगायतका घटनाले लोकतन्त्रको भद्धा मजाक गरिरहेको छ ।

लोकतन्त्रमा सरकार जवाफदेही बन्नु नै पर्दछ । संसद र जनताप्रति जवाफदेही बन्न नसक्ने सरकार, तानाशाही व्यवस्थामा मात्र हो । प्रधानमन्त्रीका मनोगत इच्छालाई सघाउ पुग्ने गरी राष्ट्रपतिबाट भए गरेका क्रियाकलाप र प्रधानमन्त्री स्वयमका गतिविधिहरुले समग्रतामा सम्माननीय राष्ट्रपतिको पदीय मर्यादा र लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको धज्जी उडाएको छ ।

संकटको यो बिषम घडीमा देश र जनताको लागि यो भन्दा ठूलो घोर अपमान र अन्याय के हुन सक्दछ ?अहिलेको परिस्थितिमा सत्ता ,कुर्चि र अान्तरिक खिचातानि छोडि जनता प्रति उत्तरदायी हुन जरुरी छ। (युवा नेता पौडेल नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी समेत हुनुहुन्छ ।)

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP