स्याङ्जा : सिंगोगाउँ नै क्वारेन्टाईनमा
भवानी अधिकारी/स्याङ्जा :
विदेशबाट घर फर्केका २ युवाले ढाँटेर घुमफिर गरेपछि स्याङजाको सिंगो गाउँ नै क्वारेन्टाईनमा बस्नु परेको छ । विरुवा गाउँपालिका १ स्थित कार्कीगाउँका २८ घरपरिवार मंगलबार साँझदेखि होम क्वारेन्टाईनमा बसेका हुन ।
कार्कीगाउँका १ सय २३ जना मंगलबार(हिजो)देखि होम क्वारेन्टाईनमा बसेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले जानकारी दिए । उनका अनुसार ‘खाडी मुलुकबाट आएका उनीहरु ३÷४ दिन काठमाण्डौंमा बसेपछि आफनो घर विरुवा आएर बिना संकोच घुमफिर गर्न थालेपछि होम क्वारेन्टाईनमा राखिएको हो ।’ उनीहरु गाउँ फर्केको ८÷१० दिनमा एक आफन्तको मृत्युपछि उनीहरु पोखरामा मलामी पनि गएका थिए । आफुहरु क्वारेन्टाईनमा बसेर आएको भन्दै उनीहरु घुमफिर गर्न थालेपछि नियन्त्रणमा राखिएको पालिकाले जनाएको छ ।
बढ्दो कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउन बिरुवा गाउँपालिकाले ४४ वेडको क्वारेन्टाईनको स्थापना गरिएको गाँउपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए । यसअघि एक महिला सहित २८ जना होम क्वारेन्टाईनमा बसिरहेका र उनीहरुको अवस्था सामान्य रहेको अध्यक्ष शर्माको भनाई छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


