अनावश्यक आवतजावत रोक्न युवाद्धारा बाटो बन्द

भवानी अधिकारी/स्याङ्जा :
बढ्दो कोरोना संक्रमणबाट सुरक्षित रहने र गाउँलेलाई पनि सुरक्षित राख्ने उदेश्यले यहाँका स्थानीय युवाहरुको सक्रियतामा अनावश्यक आवतजावतमा रोक लगाइएको छ ।
अनाबश्यक सवारी साधन सहित मानिसको आवतजावत बढेपछि बाँगेका स्थानीय युवाले सडकमा तगारो सहित रुखका हाँगाविगाँ र मुढा तेस्र्याएर बाटो बन्द गरेका हुन । बाटोमा तेस्र्याएको बासको तगारोमा कोरोना भाइरस प्रवेश निषेध भन्दै अति आवश्यक वाहेकका सवारी साधनलाई रोक लगाएका छन् ।
फेदिखोला गाउँपालिका ५ बागे सिरानचौरका स्थानीय संगम युवा क्लवले सडकमा तगारो तेस्र्याउदै अति आवश्यक बाहेक अन्य सवारी साधनलाई रोक लगाएको जनाएका छन । उनीहरुले नियम उल्लंघन नगर्न आग्रह गर्दै उल्लंघन गरेमा सरकारी कारवाही गरिने सहितको सूचना टाँस गरेका छन् ।
खड्केटारी, बाँगे, वाङसिङ जान आउनका लागि सो बैकल्पिक बाटोको प्रयोग गर्दे लकडाउनका समयमा पनि अनावश्यक सवारी साधन गुड्न थालेपछि क्लवले सो रणनीति बनाएको क्लवका अध्यक्ष जीवन क्षेत्रीले जानकारी दिनुभयो ।
आँधीखोला गाउँपालिका १ सेतीदोभानको चेकपोष्टबाट जानेगरी बनेको मुलबाटोबाट नगई प्रहरीका आँखा छल्दै चोर बाटोबाट जुग्ले देखि पंचासेको प्रवेशद्धार भन्याङसम्म मोटरसाइकल सहितका मानिसको आवतजावत ह्वात्तै बढेको आधीखोला गाउँपालिका ४ बाङसिङका युवा रविन पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो ‘भन्ज्याङमा रमाउन जाने र तरकारी किन्ने बहानामा गाउँ गाउँमा मोटरसाइकल लिदै आउने पनि धेरै देखिए ।’ लकडाउनको समयमा पनि अधिकांश मोटरसाइकल चढ्दै बैकल्पिक बाटो खोज्दै गाउँतिर हिड्नेको संख्या बढेको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…