स्याङ्जा : असिना पानीले ठुलो क्षति
स्याङ्जा : आइतबार साझ परेको असिना पानी कारण स्याङ्जाका विभिन्न स्थानमा ठुलो क्षति भएको छ । सुन्तलाका लागि निकै प्रसिद्ध ठाउँमा आइतबार झन्डै आधा घण्टा आएको असिना पानीका कारण ठूलो क्षति भएको अर्जुन चौपारी गाउँपालिका स्थानीय टुकराज अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुन्तलाका दाना लाग्ने समयमा आएको असिना पानीले सुन्तला खेतीमा ठूलो क्षति पुर्याएको बताउनुभयो । खेतबारीमा लगाइएको तरकारी बाली समेत पुरै नष्ट पारेको हुँदा कृषक चिन्तित बनेको उहाँले बताउनुभयो ।
असिना पानीले के कति क्षति पुर्यायो भन्ने पुर्ण विवरण नआइसकेको र विवरण संकलन गर्ने काम भैरहेको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै आइतबार परेको असिना पानीका कारण भिरकोट , पुतलिबजार, नगपालिका तथा बिरुवा गाउँपालिका आसपास क्षेत्रमा पनि व्यापक असिना परेको हेलुवाट बिकास खाणले बताउनु भयो विशेष गरि टमाटर बोणि मकै मा बढि क्षति भएको उहाँले बताउनुभयो ।
हालसम्म क्षतिको पूर्ण विवरण आइनसकेको हुँदा जिल्लामा क्षति विवरण संकलन गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
(फाईल तस्विर)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


