आज पनि पर्यो स्याङ्जामा असिनापानी, अन्नवालीमा ठुलो क्षति

भवानी अधिकारी/स्याङ्जा : सोमबार दिउँसो अचानक परेको असिना पानीले स्याङ्जामा लगाइएका अन्न, तरकारी तथा फलफूल बालीमा नराम्रो क्षति पुर्याएको छ ।
आइतबार र सोमबार परेको असिना पानीले पुतलीबजार नगरपालिका, आँधीखोला गाउँपालिका, फेदिखोला गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा लगाइएका सुन्तला, फलफूल, अन्न र तरकारीमा धेरै क्षति पुगेको किसानहरुको भनाइ छ ।
भर्खर कोपिला बढ्दै गरेका सुन्तला, लह लह थाक्रामा चढ्न लागेका लहरेवाली (घिरौला, काक्रो, बोडी, गोलभेडा) र मकै बालिमा क्षति पुगेको छ । आइतबार र सोमबार दिउँसै परेको असीना पानीले धेरै नोक्सान पुर्याएको बताउँछन् कृषि ज्ञान केन्द्रका प्रमुम शालिकराम अधिकारी । किसानका भनाइ अनुसार धेरै क्षति पुर्याएको सूचना आए पनि स्थलगत निरीक्षण नगरी भन्न नसकिने प्रमुख अधिकारीको भनाइ छ ।
खेतबारीमा लगाइएको तरकारी बाली सबै नष्ट पारेको बताउँछन् आँधीखोला गाउँपालिका १ ढकालथोकका कमलप्रसाद ढकाल । ‘वारीभरि टन्न लगाइएको बन्दा र काउली सखापै पार्यो, आधा घण्टासम्म बारीमा असीनाको खातै पग्लेको थिएन ’, ढकालले भने ।
असिना पानी कारण स्याङ्जाका धेरै स्थानमा ठूलो नोक्सान पुर्याएको छ । सुन्तलाका लागि प्रख्यात यहाँ लाखौं मुल्य बराबरको क्षति पुगेको बताउँछन सुन्तला ब्यवासायी मुक्ति अधिकारी । झन्डै आधा घण्टाजति असिना पानी आएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…