किसोरीहरुलाई जवर्जस्ती करणी गरेको आरोपमा स्याङ्जामा ३ युवक पक्राउ

arrested

आँधीखोला खबर/स्याङ्जा :
जवर्जस्ती करणीको आरोपमा स्याङ्जाको चापाकोट नगरपालिका र हरिनाश गाउँपालिकाबाट ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
चापाकोटमा किसोरीलाई जबरजस्ती लिई हिडी करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । चापाकोट नगरपालिका वडा नं ४ का २१ बर्षीय बिनोद परियारले रातीको समयमा किसोरीलाई फकाएर लगेको र जवर्जस्ती गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीले प्रारम्भिक अनुसन्धान सकेर प्रतिवादीलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरेको जनाएको छ । जबरजस्ती लिई हिडी करणी गरेको भन्दै वडा प्रहरी कार्यालय वालिङमा युवतीका परिवारले उजुरी दिए पछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।
यस्तै स्याङ्जाको हरिनाशमा बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । हरिनाश गाउँपालिका वडा नं ६ बस्ने २० बर्षीय सन्देश थापा र सोही वडामा बस्ने २३ बर्षीय सागर थापाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।
उनीहरुले साँझको समयमा हरिनाश कै १९ बर्षीय किसोरीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोप छ । उनीहरुले किसोरीलाई एकान्त ठाउँमा लगेर जवर्जस्तीकोे प्रयास गरेको प्रवक्ता भण्डारीले बताउनु भयो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई अदालतमा पेश गरिएको प्रहरीको भनाई छ ।
तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP