स्याङजा : जन्मकैद सजायँको फैसला पछि भागेका व्यक्ती ४१ बर्ष पछि पक्राउ
आँधीखोला खबर/स्याङजा :
जन्मकैद सजायँको फैसला पछि भागेका स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर ८ का डिल्ली बहादुर घर्ती ४१ बर्ष पछि पक्राउ परेकाछन् । घर्ती सहितको समुहले भारतीय सेनामा कार्यरत पाल्पाको जीत बहादुर रानाको हत्या गरेका प्रहरीको भनाई छ । २०३३ साल बैशाख २ गते तत्कालिन रत्नपुर गाविस वडा नम्वर ८ र हालको चापाकोट नगरपालिका वडा नम्वर ८ खोरियाघाटमा लागेको चैते दशैको पूर्णीमाका अवसरमा लागेको मेला हेर्न आएका पाल्पाका २४ बर्षीय रानाको हत्या भएको थियो । उनीहरुले रानाको हत्या पछि सवलाई कालिगण्डकीमा बगाईदिएका र ३ दिनपछि रानाको सव फेला परेको प्रहरीको भनाई छ ।
तत्कालिन अवस्थामा जिल्ला अदालतले जन्मकैदको सजायँ तोकेपछि घर्ती लगायतको प्रतिवादीको समुहले पुनरावेदन गरेको थियो । पुनरावेदन अदालत पोखराबाट मिति २०३९ सालमा तथा सर्बाेच्च अदालतबाट पनि २०४० सालमा जिल्ला अदालतले तोकेको जन्मकैदको सजायँलाई सदर गरेको थियो ।
घर्तीलाई सोमवार प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको स्याङजाका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
घटना लगत्तै मृतकका परिवारले घर्ती सहित १३ जना बिरुद्ध किटानी जाहेरी गरेको थियो । अन्य २ अभियुक्तहरु यस अघि नै पक्राउ परि सजायँ भुक्तान गरिरहेको प्रहरीको भनाई छ ।
भारतमा लुकीछिपी बसेका ६७ बर्षीय घर्ती घरमा आई लुकीछिपी बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रवक्ता भण्डारीले जानारी दिनुभयो ।
यस्तो छ घटनाको पुरा बिबरण , हेर्नुहोस् :
१) घटना मिति :- २०३३ साल बैशाख २ गते चैते दशैको पूर्णिमा मेलामा,
२) घटनास्थल :- तत्कालीन रत्नपुर गाँउ पञ्चायत वडा नं. -०८ हाल चापाकोट न.पा. वडा नं. -०८ कालीगण्डकी नदी किनार स्थित खोरीयाघाटमा ,
३) मृतक :- भारतीय सेनामा कार्यरत रहि उक्त समयमा घरबिदामा आई पूर्णिमा मेला हेर्न आएका २४ बर्षिय जीत बहादुर राना ,
४) जाहेरवाला :- मृतकको जेठा दाजु दल बहादुर रानाले मिति २०३३ साल बैशाख ६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी दरखास्त दिएको ,
५) घटनाको विवरण :- मिति २०३३ साल बैशाख ०२ गते तत्कालीन रत्नपुर गाँउपञ्चायत वडा नं. -०८ खोरियाघाट स्थित चैते दशैंको पूर्णिमा मेला चलिरहेको वखतमा तत्कालीन रत्नपुर गाँउ पञ्चायत तथा सेखाम गाँउ पञ्चायतका युवा समुह ले उक्त मेलामा हेर्न भनि आएका जिल्ला पाल्पा तत्कालीन गोदारछाप गाँउ पञ्चायत वडा नं. -०२ बस्ने भारतिय सेनामा सिपाही दर्जामा कार्यरत रही त्यसबेला घरबिदामा रहेका २४ बर्षिय जीत बहादुर रानालाई निर्घात कुटपिट गरी सोही स्थानमा कालीगण्डकी नदिमा फाली बेपत्ता बनाएकोमा घटनाको ३ दिन पछि बैशख ०५ गते बिहान ०७:०० बजे घटनास्थल भन्दा करिब ४/५ सय मिटर तल कालीगण्डकी नदीमै निज जीत बहादुर रानाको शव फेला परेको,
शव फेला परेको भोलीपल्ट बैशाख ०६ गते मृतकका जेठा दाजु दल बहादुर रानाले “कर्तब्य ज्यान” शीर्षकमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उक्त घटनामा संलग्न तत्कालीन रत्नपुर तथा सेखामका गरी १३ जना बिरूद्ध किटानी जाहेरी दर्ता गराएकोमा घटनाको अनुसन्धान पश्चात मुद्धा पेश गर्दा जिल्ला अदालत स्याङ्जामा प्रतिवादीहरूलाई तारेखमा राखी पुर्पक्ष गरेकोमा सोही अदालतबाट मिति २०३६।१०।१७ गते सम्पूर्ण प्रतिवादीहरूलाई कसूरदार ठहर गरी जन्मकैदको फैसला भएको, प्रतिवादीहरूका तर्फबाट तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनराबेदन गरेकोमा सो अदालतबाट मिति २०३९।०७।२४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर गरेको, प्रतिवादीहरूले पुन: सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा मिति २०४०।१०।०८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरी प्रतिवादीहरूलाई जन्मकैदको सजायँ तोकिएकोमा त्यस पश्चात निज प्रतिवादीहरू मध्ये कोही भारत तथा कोही अन्य जिल्लामा लुकीछिपी बस्दै हिडेका,
यसैक्रममा मिति २०७१।१०।०६ गते फरार अभियुक्त मध्येका तत्कालीन रत्नपुर गाँउपञ्चायत वडा नं. -०८ बस्ने भक्त बहादुर कुमाललाई ईलाका प्रहरी कार्यालय रत्नपुरबाट खटिएको प्रहरी अधिकृतको टोलीले पक्राउ गरेकोमा सजायँ भुक्तानको लागि तत्काल जिल्ला कारागार स्याङ्जामा रहेकोमा स्थानतरण भई हाल जिल्ला कारा०८।१७ गते देमा हाल जिल्लागार कास्कीमा सजायँ भुक्तान गरीरहेको, निजको उमेर हाल ७० बर्ष रहेको, सोही घटनामा संलग्न रही फरार रहेका तत्कालीन रत्नपुर गाँउपञ्चायत वडा नं.-०८ हाल चापाकोट न.पा. वडा नं. -०८ घर भै तत्काल चापाकोट टार सिंचाई आयोजनामा पियन पदमा कार्यरत हाल बर्ष ६५ को देबि बहादुर घर्तीलाई मिति २०७५।०५।२१ गते ईलाका प्रहरी कार्यालय रत्नपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरीएकोमा सजायँ भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा रहेकोमा हाल स्थानतरण भई जिल्ला कारागार पाल्पामा सजायँ भुक्तान गरीरहेको,
सोही घटनामा संलग्न रही जन्मकैदको सजायँ तोकिए पश्चात फरार रहेका तत्कालिन रत्नपुर गाँउपञ्चायत वडा नं.-०८ हाल चापाकोट न.पा. वडा नं. -०८ बस्ने बर्ष ६७ को डिल्लि बहादुर घर्ति हाल घरमा आएको भन्ने विशेष सूचना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्राप्त हुन आई तत्काल प्रहरी अधिकृत सहितको टोली परिचालन गरीएकोमा मिति २०७७।०१।१५ गते निज डिल्ली ब. घर्ति घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत स्याङ्जा पेश गरिएकोमा सजायँ भुक्तानको लागि जिल्ला कारागार स्याङ्जामा चलान भएको ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …