लकडाउनले गरायो आँधीखोला किनारै किनारको यात्रा
भवानी अधिकारी/स्याङ्जा : बुटवलका १५ वर्षीय जीवन राना साथीको लहैलहैमा पोखरा पुगे। कोरोना भाइरस संक्रमणको कारण देखाउँदै तेस्रो पटकको लकडाउनमा सरकारले कडाई गरेपछि उनी आफ्नै घर बुटवल पैदल नै जाने निर्णय गरे। उनी एक्लै पोखराबाट छोटो हुने बाटो सोध्दै र खोज्दै आँधीखोला किनारै किनार हिँडे। राजमार्ग भन्दा खोलाकिनार बाटोको दूरी आधा बढी छोटो पर्छ।
सानो बालक एक्लै हिँडेको देख्दा चासो लाग्नु र कता जाने हो बाबु भन्दै सोध्नु स्वभाविकै हो। कतिले त सोधे पनि। पुग्नु पर्ने बुटवल भए पनि सोध्दा उनी स्याङ्जाको अर्जुनचौपारी भन्दै आफ्नो गन्तव्यमा अघि बढिरहे। जब, पुतलीबजार नगरपालिका–१३ स्थित पुलको मुखमा सातुपसल र चक्रकमला रेडक्रस उपशाखाले बनाएको पैदल यात्रीका लागि खाने, बस्नेसहित अस्थायी क्याम्पमा उनी पुगे। अनि मात्र, उनको वास्तविकता खुल्यो।
रेडक्रसका जिल्ला कोषाध्यक्षसमेत रहेका लक्ष्मी थापाले खाना खुवाएपछि स–विस्तार सोधिन्। खाना खाएपछि मात्रै उनले आफ्नो वास्तविकता खोले। अनि पो थाहा भो। उनी बुटवल रानीबग्यिाका रहेछन्। अहिले एसईई दिने। परीक्षा स्थागित भएपछि साथीसँगै पोखरा घुम्नका लागि हानिएका रहेछन्। साथमा २ सय रुपैयाँ बोकेर।
‘साथमा रहेको २ सय रुपैयाँ सकियो। साथीको सहयोग मिलेन। साथमा रहेको मोबाइलले पनि साथ दिएन। घरमा सम्पर्क टुट्यो। एक्लै भोैंतारिँदै हिडेँ। कता पुग्ने भन्दै कसैले सोध्दा पनि बुटवल नभनी अर्जुनचौपारी भन्न थालेँ। अर्जुनचौपारी पनि बाटोमा हिँड्दैगर्दा सुनेको नाम थियो,’ ती बालकले सविस्तार लगाए। बालसुलभ उनका कुरा सुनेपछि सबैको मन पग्लियो।
रेडक्रस उपशाखा सातुपसलले उनलाई बुटवल घरसम्म पुर्याउने व्यवस्था मिलायो। प्रहरीको सहयोगमा उनी बुटवल पुगे। बालक एक्लै अलपत्र परेको अवस्थामा रेडक्रसले घरमै पुर्याउने काम काम गर्यो। बेखबर रहेको छोरा सकुशल घर आइपुगेको खबर पाएपछि उनकी आमाले खुसी हुँदै रेडक्रस परिवारप्रति आभार व्यक्त गरिन्। राना मात्र होइन, अस्थायी क्याम्पबाट आजसम्म एक सय जना भन्दा बढीले खाना र बाटो खर्च खाजासमेतको सुविधा पाएका छन्। स—साना बालबच्चा च्यापेर आउनेको पनि लर्को नै देखिन्छ।
लकडाउनका कारण आफ्नो गन्तव्यतर्फ डिँडेका मजदुर तथा पैदल यात्रीलाई यहाँका स्थानीय र रेडक्रसकर्मीले खाना, खाजा र बस्ने व्यवस्था मिलाएका छन्। स्थानीय स्रोत र साधन परिचालन गर्दे स्थानीय तथा सहयोगीदाताबाटै खाना र खाजाको लागि ब्यवस्थापन गरिँदै आएको छ। ग्यास, खाजा, पानी, खाद्यान्नको सहयोग गर्ने दाताहरु पनि जुटेका छन्। आउने बित्तिकै पैदलयात्रीलाई साबुन पानीले हातखुट्टा धुन लगाई क्याप्पभित्र छिर्न दिइने गरेको चक्रकमला उपशाखा सभापति डोलेन्द्रबिक्रम शाह भन्छन्।
सिद्धार्थ राजमार्ग हिँड्नुभन्दा आँधीखोला किनारै किनार छोटो पर्ने हुँदा पैदलयात्रीको रोजाइमा परेको छ। यसरी हिँड्दा खोला किनारमा शीतलता हुने र बाटो छोटो हुने भएका कारण आँधीखोला किनारै किनार डिँड्ने गरेका हुन। यसरी आउनेमा अधिकांश सल्यान, दाङ, बाँके, बर्दिया र स्याङजाका मजदुर हुन्। पोखराबाट स्याङ्जाका मनकामना र माझकोट जान भन्दै पैदल आएका २७ जना मजदुर तथा पैदलयात्रीलाई स्थानीय प्रशासनको सहयोगमा २ वटा गाडीमा राखेर उनीहरूकै घर घरमा पुर्याएको छ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…