आँधीखोला गाउँपालिकाद्वारा ६२७ जनालाई राहत वितरण
स्याङ्जा : आँधीखोला गाउँपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने ६२७ जनालाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ। गाउँपालिकाका ६ वटै राहत वितरण गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण उनीहरु भोकै बस्न नपरोस् भन्दै राहत वितरण गरिएको हो ।विभिन्न वडाहरूबाट प्राप्त विवरणको आधारमा सोमबार र मंगलबार आवश्यक तयारी सकेर बुधवार, बिहीवार र शुक्रबार राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
आँधीखोला गाउँपलिकाको कार्यपालिका बैठकले हाललाई दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिनी १ किलो र तेल १ लिटर वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय भएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाले वडा वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब ६२७ हुने गाउँपालिकाले जनाएको छ ।
यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न एन आई सी एसिया बैंकमा विपत व्यवस्थापन कोष को स्थापना गरेको छ। खाता नं २३४२०५००२७७६८००२ रकम जम्मा गरि सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


