आँधीखोला गाउँपालिकाद्वारा ६२७ जनालाई राहत वितरण

स्याङ्जा : आँधीखोला गाउँपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने ६२७ जनालाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ। गाउँपालिकाका ६ वटै राहत वितरण गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण उनीहरु भोकै बस्न नपरोस् भन्दै राहत वितरण गरिएको हो ।विभिन्न वडाहरूबाट प्राप्त विवरणको आधारमा सोमबार र मंगलबार आवश्यक तयारी सकेर बुधवार, बिहीवार र शुक्रबार राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
आँधीखोला गाउँपलिकाको कार्यपालिका बैठकले हाललाई दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिनी १ किलो र तेल १ लिटर वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय भएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाले वडा वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब ६२७ हुने गाउँपालिकाले जनाएको छ ।
यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न एन आई सी एसिया बैंकमा विपत व्यवस्थापन कोष को स्थापना गरेको छ। खाता नं २३४२०५००२७७६८००२ रकम जम्मा गरि सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…