निरन्तर समाजसेवाको पर्याय बन्दै भीरकोटको आँधिखोला पिस युवा क्लब ।
भीरकोट :
स्याङ्जाको भीरकोटमा रहेको आँधिखोला पिस युवा क्लब समाजसेवाको पर्याय नै बन्दै गईरहेको छ । क्लवमा आवद्ध युवाहरुले केही बर्ष देखि निरन्तर अतिविपन्न तथा दयनीय अवस्थामा रहेका परिवार तथा व्यक्तिलाई सहयोग गर्दै आईरहेका छन् ।
यसैवीच आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष राज कुमार गुरुङ्गले खाद्यान्न सामाग्रीहरु नुन, दाल र चामल हस्तान्तरण गर्नु भएको हो ।
भीरकोट नगरपालिका भित्र रहेका अति न्यूनवर्गीय परिवारहरुका लागि राहात स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष गुरुङ्गले बताउनु भयो । दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै क्लबले नेपाल सरकारको निर्देशन अनुरुप नगरपालिकामा खाद्यान्न हस्तान्तरण गरेका हौं,उहाँले भन्नु भयो । खाद्यान्न सामाग्री वितरण गर्ने क्लबको योजनामा साथ दिदै देश तथा विदेशमा रहनु हुनेले समेत आर्थिक सहयोग गरेको उहाँले उल्लेख गर्नु भयो ।
.
सामाग्री ग्रहण गर्दै नगरप्रमुख छायाराम खनालले खाद्यान्नहरु यथाशिघ्र सम्बन्धित परिवारलाइ वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकार्यको लागि धन्यवाद दिदै नगरप्रमुख खनालले भीरकोटबासी नागरिकका लागि आवश्यक पर्ने सहयोग गर्न नागरपालिका प्रतिवद्ध रहेको भनाई राख्नुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले आफूहरु नागरिकको आवश्यक्ताका आधारमा काम गरिरहेको बताउनु भयो ।
क्लबले प्रत्येक परिवारको लागि १० किलो चामल, १ किलो नुन र १ किलो दाल गरि ५० परिवारका लागि खाद्यान्न सामाग्री हस्तान्त्रण गरेको छ ।
यसअघि क्लबले स्याङ्गजा जिल्ला कारागारमा २०० पिस मास्क वितरण एवं भीरकोट नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो । त्यस्तै कोरोना भाइरसको रोकथामका लागि भीरकोट नगरपालिका वार्ड नं ८ को टोलटोलमा पुगेर सेनिटाइजर, सावुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।कार्यक्रममा क्लबका उपाध्यक्ष बिश्वास कर्माचार्य, भीरकोट जेसिज बर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, क्लबका सहकोषाध्यक्ष सुजाता गुरुङ सहित नगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
.
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…