आँधीखोलामा राहत वितरण शुरु, बिभिन्न व्यक्ती तथा संस्थाको समेत पालिकालाई सहयोग

khadyanna_pic

आँधीखोला खबर/स्याङ्जा :
आँधीखोला गाउँपालीकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति र परिवारलाई आज बुधबारबाट राहत स्वरुप खाद्य सामग्री वितरण गर्न शुरु गरेको छ । वडा नं १ र ३ मा आज राहत सामाग्री बितरण गरिएको हो ।
गाउँपालिकाले बाँकी वडामा बिहिवार र शुक्रवार राहत वितरण आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उनीहरु भोकै बस्न नपरोस् भन्दै गाउँपालिकाले राहत वितरण गर्न शुरु गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
विभिन्न वडाहरुबाट प्राप्त विवरणको आधारमा सोमबार र मंगलबार आवश्यक तयारी सकेर बुधबारबाट राहत वितरण शुरु गरिएको हो । राहत वितरण प्रत्येक वडा वडामा नै गरिने पालिकाले जनाएको छ ।

.


आँधीखोला गाउँपलिकाको कार्यपालिका बैठकले हाललाई दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १ दशमल ५ किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिनी १ किलो र तेल १ लिटर वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय भएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालीकाले वडा वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब ६२७ हुने गाउँपालिकाले जनाएको छ ।
यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस कोभिड —१९ नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न एन आई सी एसिया बैंकमा विपत व्यवस्थापन कोष को स्थापना गरेको छ । खाता नं २३४२०५००२७७६८००२ रकम जम्मा गरि सहयोग गर्न सकिने आँधीखोला गाउँपालिकाले जनाएको छ । मनकारीहरुले सिधै गाउँपालिकामा सम्पर्क राख्न सक्ने बताईएको छ ।

Facebook Comments Box
TOP