क्रिश्चियनलाइ कोरोनाको संक्रमण नहुने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ
पोखरा : कोरोना भाइरसको संक्रमण प्रभू यशुका अनुयायीलाई हुँदैन भन्दै भ्रम फैलाउने इसाइ धर्म गुरु अर्थात पास्टर पोखराबाट पक्राउ परेका छन् ।
पोखरा–२९ पावर हाउस बस्दै आएका जुम्लाका केशवराज आचार्यले स्थानीय बासिन्दाहरुमा यशुका अनुयायीमा कोरोना भाइरसको संक्रमण नहुने भन्दै भ्रम फैलाएकाले सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले चीनमा यशूको अनुकम्पा रहेकाले कोरोनाको संक्रमण कम भएको र इसाइ धर्म मानेर यशुमा विश्वास गरे कोरोनाले नछुने भ्रम फैलाउँदै आएका थिए ।
उनीविरुद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …