अन्तर्राष्ट्रिय नारी दिवश : समाजले महिलालाई खुलेर विश्वास गर्न सकेन -नगर प्रमुख क्षेत्री
आँधीखोला खबर/वालिङ :
पुतलिबजार नगरपालिकाका नगर प्रमुख सिमा क्षेत्रीले समाजले अझै पनि महिलालाई खुलेर विश्वास गर्न नसकेको बताउनु भएको छ ।
एक सय १० औ अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा पिएनएन मिडिया हाउस र वालिङ टेलिभिजनले आयोजना वालिङमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले महिलाले सामाजिक क्षेत्रमा जे जति योग्दान गरे पनि अझै पनि विश्वास नगरेको बताउनु भएको हो ।े आफुले सिंगो नगरपालिका समालिरहे पनि अझै पनि महिलाले के गर्न सक्छ र भन्ने सुन्न परेको भन्दै क्षेत्रीले गुनाशो गर्नभयो ।
नगरप्रमुख क्षेत्रीले आफु कहि कतै कार्यक्रममा जादा पनि तपाई मेयर हो र ? महिला मेयरले के गर्न सक्छन र ? भन्ने जस्ता प्रश्नको सामाना गर्नु परेको बताउनु भयो ।
संविधानले कुनै पनि कुरामा नारीहरुलाई पछाडी नपारेको हुदाँ अब आरक्षण भन्दापनि अवसर खोज्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारीले नारीलाई समान व्यवहार गर्न घरबाटै सुरु गर्नु पर्ने बताउनु भयो । जब सम्म नारीलाई समान व्यवहार गर्न घरबाट सुरु गरिदैन तब सम्म नारी पछाडि परिरहनु पर्ने बताउनु भयो । उहाँले पनि अझै नारीको विषयमा छलफल र बहस गर्न प्रतिक्षा गर्नु पर्ने अवस्था रहेको हुदाँ यो पनि विभेद रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै दियालो संस्था तथा गतिशिल महिला सहकारी संस्थाका अध्यक्ष कविता गैह्रेले महिलाहरु आफू पनि सक्रिय बन्नु पर्ने धारणा राख्नुभयो । उहाँले महिलाहरुले नेतृत्व गरेका संस्थामा समाजले हेर्ने नजर सुधार हुँदै गएको अनुभव सुनाउनु भयो । महिलाको नेतृत्व बढाउन सबैले ध्यान दिन जरुरी छ गैह्रेले थप्नु भयो ।
कार्यक्रममा स्वास्थ्यकर्मी स्वा क्षेष्ठ, महिला पत्रकार शान्ता थापा लगायतले महिलाको हक र अधिकारको विषयमा कानुन तः बहस र कार्यक्रमहरु भइरहे पनि व्यवहारमा उतार्न नसकेको र नारी पुरुष समानता नभएको गुनासो गर्नु भएको थियो
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …