कोरोना प्रभाव : वालिङ उद्योग वाणिज्य संघको माग ऋण तिर्न ग्रेस अवधि,बिद्युत महुशलमा छुट ।

आँधीखोला खबर/वालिङ :
कोरोना (कोभिड १९) भाईरसको त्रासका कारण व्यवशायी मर्कामा परेको भन्दै वालिङ उद्योग वाणिज्य संघले ऋण तिर्न ग्रेस अवधि दिनु पर्ने तथा बिद्युत महुशल लगायतमा छुट पाउनु पर्ने माग गरेको छ ।
संघले निकालेको बिज्ञप्तीमा भनिएको छ, “वर्तमान समयमा आर्थिक गतिविधिमा आईरहेको सुस्तता र उत्पादनमा आएको ह्रास, यस क्षेत्रको लक्ष्य अनुरुपको ब्यापार तथा निर्यातमा आएको कमी साथै समग्र वस्तुस्थितिलाई मध्यनजर राखी उद्योग÷व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बैंक तथा वित्तीय संस्थाको ब्याजको आधार दर गणना गरी ऋण तथा ब्याज रकम भुक्तानीका लागि ३ महिनाको ग्रेस अवधि दिईनुपर्ने, चैत्र मशान्तसम्म तिर्नुपर्ने करको समयावधि ३ महिना थप गर्नुपर्ने, विद्युत महसुलको न्युनतम शुल्क मिनाह गर्नुपर्ने लगायतका बिषयमा सहयोगको कार्यक्रम ल्याउन स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारसँग जोडदार माग गर्दछौं ।”
वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल र महासचिव केशर बहादुर खाँण धु्रवले निकाल्नु भएको बिज्ञप्तीमा कोरोनाको त्रासका कारण सबै भन्दा बढि मारमा व्यवशायी परेको उल्लेखछ । बिज्ञप्तीमा “पछिल्लो अवस्थाको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा देखिन थालिसकेको छ । बजारको चहलपहलमा आएको सुस्तता, आयात तथा निर्यातको घट्ने क्रमले राजश्व, रोजगारी र आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको छ ।”भनिएको छ ।
पछिल्लो बिषम परिस्थितिको सामना गर्नका लागि नीजि क्षेत्रको तर्फबाट तीनै तहका सरकारले ल्याएका सबै कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा वालिङ उद्योग वाणिज्य संघले सहकार्य गर्ने बिज्ञप्तीमा प्रतिबद्धता जनाईएको छ । संघले आफ्ना सबै संरचनालाई प्रभावकारी ढंगबाट परिचालन गर्न तयार रहेको स्पष्ट पारेको छ ।
संघले दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यक वस्तुहरुको सहज उपलब्धताको लागि, व्यवसायिक आचार संहिताभित्र रही, कृत्रिम अभाव सृजना गर्ने जस्ता कार्यहरु नगर्न र अत्यावश्यक सामाग्रीहरुको पारदर्शी र निष्पक्ष रुपमा बिक्री वितरण गर्नका निमित्त सम्पूर्ण उद्योगी ब्यापारी व्यवसायीहरुमा अनुरोध समेत गरेको छ । त्यस्तै आम उपभोक्तामा अनावश्यक रुपमा अत्यावश्यक सामाग्रीहरुको भण्डारण नगर्न अनुरोध गर्दै, भय र त्रासमा नभई सबैलाई सचेत, सजग र सुरक्षित रहन वालिङ उद्योग वाणिज्य संघ परिवार अनुरोध गरेको छ ।

Facebook Comments Box
TOP