वालिङमा मेयर र उपमेयरकप भलिवल प्रतियोगिता सम्पन्न ।
आँधीखोला खबर/वालिङ:
वालिङ नगरपालिकाको आयोजनामा सञ्चालित दोस्रो मेयर कप अन्तर वडास्तरीय पुरुष भलिबल तथा प्रथम उपमेयर कप अन्तर वडास्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष भलिबल तर्फको उपाधी वडा नं ४ ले जितेको छ । वडा नं १२ दोस्रो भएको छ । मंगलबार भएको फाईनल खेलमा वडा नम्वर ४ ले १२ लाई पराजित गरेको हो । त्यस्तै वडा नं १० र ३ तृतिय भएकाछन् । पुरुषतर्फ प्रथम, द्धितिय र तृतिय हुने समुहले ५५ हजार ५ सय ५५, ३५ हजार ३ सय ३५ र १० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
यसैगरी महिलातर्फको उपमेयर कपको उपाधि वडा नं ८ ले जितेको छ भने वडा न ४ द्धितिय भएको छ । आज भएको फाईनल खेलमा वडा नं ८ ले वडा नं ४ लाई पराजित गरेको हो । प्रतियोगितामा वडा नं २ र ३ तृतीय भएकाछन् । महिला तर्फ प्रथम, द्धितिय र तृतिय हुने समुहले २५ हजार, १५ हजार ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा विजेता तथा उपविजेता समुहलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका विधायन समितिका सभापति एबं सांसद मोहन रेग्मीले खेल क्षेत्रको विकास समृद्धिका लागि गण्डकी प्रदेश सक्रिय रहेको बताउनु भयो । उहाँले प्रदेश सरकार खेलकुद प्रतिष्ठान बनाउन ऐन निर्माणको क्रममा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले नगरमा खेलकुद संघ गठन गरेर खेल र खेलाडिहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुद विकास समिति वालिङका संयोजक एलवि ज्वारचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टिकराज गुरुङले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


