स्याङ्जाको वालिङमा हेल्थ डेस्क स्थापना ।

आँधीखोला खबर/वालिङ :
स्याङजाको वालिङ नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । आईतवारदेखि वालिङ बजारको मुख्य चोकमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
जिल्ला मै सबै भन्दा धेरै चहलपहल हुने वालिङ बजारको मुख्य चोकमा हेल्थ डेस्कको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख दिलिप प्रताप खाँणका अनुशार हेल्थ डेस्कमा गरिने प्रारम्भिक चेकजाँचको क्रममा कोरोना सँग सम्बन्धित लक्षणहरु देखिए अस्पत्तालमा रिफर गर्नको लागि लेगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ ।
नगरपालिकाभित्र क्वारेन्टाइनमा राख्नका लागि आदर्श मावि र पाईनिअज माविमा ५० भन्दा धेरै बेडको व्यवस्थापन गरिएको छ । जहाँ बिरामीकाे अवस्था हेरी राखिनेछ ।

वाइफाई, पिउने पानी, शौचालय सुविधा, स्वाथ्यकर खाजा एबंम खाना, उपयुक्त पुस्तक, पत्रपत्रिका, सहितको वेड व्यवस्थापन भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । जहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारिवारिक बातावरण सृजना गरिने पाण्डेको भनाई छ ।
यस्तै नगरप्रमुख खाँणले जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै विश्वमा फैलिएको महामारी कोभिड १९ लाइ साझा अभियानबाट अन्त्य गर्न सकिने बताउनु भएको छ । उहाँले नआत्तिन र सचेत रहन नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…