स्याङ्जाको वालिङमा हेल्थ डेस्क स्थापना ।
आँधीखोला खबर/वालिङ :
स्याङजाको वालिङ नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । आईतवारदेखि वालिङ बजारको मुख्य चोकमा हेल्थ डेस्क स्थापना गरिएको हो ।
जिल्ला मै सबै भन्दा धेरै चहलपहल हुने वालिङ बजारको मुख्य चोकमा हेल्थ डेस्कको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख दिलिप प्रताप खाँणका अनुशार हेल्थ डेस्कमा गरिने प्रारम्भिक चेकजाँचको क्रममा कोरोना सँग सम्बन्धित लक्षणहरु देखिए अस्पत्तालमा रिफर गर्नको लागि लेगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ ।
नगरपालिकाभित्र क्वारेन्टाइनमा राख्नका लागि आदर्श मावि र पाईनिअज माविमा ५० भन्दा धेरै बेडको व्यवस्थापन गरिएको छ । जहाँ बिरामीकाे अवस्था हेरी राखिनेछ ।

वाइफाई, पिउने पानी, शौचालय सुविधा, स्वाथ्यकर खाजा एबंम खाना, उपयुक्त पुस्तक, पत्रपत्रिका, सहितको वेड व्यवस्थापन भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । जहाँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारिवारिक बातावरण सृजना गरिने पाण्डेको भनाई छ ।
यस्तै नगरप्रमुख खाँणले जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै विश्वमा फैलिएको महामारी कोभिड १९ लाइ साझा अभियानबाट अन्त्य गर्न सकिने बताउनु भएको छ । उहाँले नआत्तिन र सचेत रहन नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


