भीरकोट : कालिका सामुदायिक अस्पतालमा बनाईयो सुबिधा सम्पन्न आईसोलेशन वार्ड

आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिका वडा नं १ हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा सुविधा सम्पन्न आईसोलेसन वार्ड तयार पारिएको छ । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै भीरकोट नगरपालिकाले सामुदायिक अस्पतालमा सुविधान सम्पन्न आईसोलेसन वार्ड तयार पारेको नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
तत्कालको लागि ५० बेडको वार्ड तयार पारिएको छ जसमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, भीरकोट स्वास्थ्य शाखाका कर्मचारी र गण्डकी मेडिकल कलेजका स्वास्थ्यकर्मी परिचालन गरिने नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
त्यस्तै नगरभित्र २ विद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएको छ । कन्साईन्स बोडिङ स्कूल र भुपू सैनिक एकेडेमीमा २५ सैयाको क्वारेन्टाईनको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।




समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…