भीरकोट : कालिका सामुदायिक अस्पतालमा बनाईयो सुबिधा सम्पन्न आईसोलेशन वार्ड
आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिका वडा नं १ हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा सुविधा सम्पन्न आईसोलेसन वार्ड तयार पारिएको छ । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै भीरकोट नगरपालिकाले सामुदायिक अस्पतालमा सुविधान सम्पन्न आईसोलेसन वार्ड तयार पारेको नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
तत्कालको लागि ५० बेडको वार्ड तयार पारिएको छ जसमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, भीरकोट स्वास्थ्य शाखाका कर्मचारी र गण्डकी मेडिकल कलेजका स्वास्थ्यकर्मी परिचालन गरिने नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
त्यस्तै नगरभित्र २ विद्यालयलाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएको छ । कन्साईन्स बोडिङ स्कूल र भुपू सैनिक एकेडेमीमा २५ सैयाको क्वारेन्टाईनको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।




समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


