भीरकोटका किसानलाई प्रबिधिमैत्री बनाईदै, हाते ट्याक्टर वितरण गरियो ।
चुत्र महत/भीरकोट :
भीरकोटका किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्याक्टर हस्तान्तरण गरीएको छ । हातेट्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख छायाराम खनालले कृषीमा काम गर्ने जनशक्ती अभाव हुदै गएको वेला हातेट्याक्टर किसानको लागी वहुउपयोगी हुने बताउनु भयो । उहाँले उच्चतम प्रयोग गरी फाईदा लिनु पर्ने नगर प्रमुख खनालको भनाईछ । सजिलै संग चलाउन मिल्ने जहाँ भन्यो त्यहाँ लान मिल्ने खालको भएकाले सहि सदुपयोग गरी व्यवसायिक खेती गरी आफ्नो अर्थिक अवस्था मजवुद पार्न नगरप्रमुख खनालले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, भीरकोट लाई कृषीमा आत्मनिर्भर वनाउने तर्फ लाग्न किसानलाई आग्रह समेत गर्नु भयो ।

जम्मा रु ५२०००। पर्ने हातेट्याक्टरलाई नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकले ५० प्रतिशत हिस्सा वेर्होर्ने गरी ३२ जना कृषकलाई हातेट्याक्टर हस्तान्तरण गरीएको हो ।
हातेट्याक्टर हस्तान्तरण कार्यक्रममा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले भीरकोटका गाँऊका सवै वारी लगायत खेत वाझो रहेको अवस्थामा कृषकलाई हातेट्याक्टर हस्तान्तरण गर्नु र ५० प्रतिशत अनुदानमा प्राप्त गर्नु भनेको कृषकलाई वरदान सरह भएको बताउनु भयो ।
हातेट्याक्टर हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेम प्रसाद आर्चाय, वडा न ६ का अध्यक्ष लक्ष्मण खत्री,७ का अध्यक्ष शेषकान्त अर्याल लगाएतले किसान, कृर्षक र कृषी लाई हातेट्याक्टर अपरिर्हाय हुने भन्दै सहिसदुपयोग गर्न आग्रह गर्नु भयो ।
भीरकोटका कृषी संयोजक एंव नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कायक्रमको संचालन सुचना अधिकारी राम प्रसाद खनालले गर्र्नु भएको थियो भने भानु मेसिनरी पोखराका टेक्नीसियन कुमार सुवेदी ले हातेटयाक्टर सम्वन्धी प्रविधिहरुको वारेमा जनाकारी गराउदै चालाउने प्रक्रिया समेत बताउनु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


