भीरकोट : आँधीखोला पीस युथ क्लवद्वारा सावुन, मास्क र सेनीटाईजर वितरण
भीरकोट :
आँधीखोला पिस युथ क्लव भीरकोटका युवाहरुले विश्वव्यापी महामारीको खतरावाट बच्न घर घरमा पुगेर कोरोना भाइरसबारे जानकारी दिँदै साबुन, मास्क र स्यानिटाइजर बाँडन थालेका छन्।
क्लवका अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा भीरकोट नगरपालिका क्षेत्र भित्र रहेका स्थानीयको घर घरमा र टोलमा पुगी कोरोना भाइरस सर्ने तरिका र यस बाट बच्ने उपायका बारे जानकारी दिन थालेका हुन्।
भारतलगायत बैदेशिक रोजगारबाट तेश्रो मुलुक भएर आएका व्यक्तिहरुलाई घरमै अलग्गै रुपमा क्वारेन्टाइनमा राख्न सल्लाह दिदैं कोरोना संक्रमणवाट बच्नका लागि नियमित हात धुन, भिडभाडमा नजान, अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको क्लवका अध्यक्ष राजकुमार गुरुङले बताए ।
एक मानवदेखि अर्को मानवको सम्पर्कले मात्रै कोरोनाको भाइरस सर्ने भएकाले घरमै बस्दा समेत सामाजिक दूरी कायम गर्नुपर्ने र सकभर घर भन्दा बाहिर हिडडुल नगर्न सल्लाह दिइने गरेको उनले बताए। क्लवले सचेतना अभियानसँगै स्यानिटाइजर, सावुन र मास्क वितरण गरिएको समेत उनले जानकारी दिए ।

समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


