गएराति स्याङ्जा सहितका जिल्लाबाट आकाशमा उल्कापीण्ड देखियो
स्याङ्जा : गएराति नेपाली आकाशमा अचम्म किसिमको चम्किलो बस्तु देखिएको छ। राति करिब सवा ८ बजेतिर आगोको झिल्का जस्तो देखिने चम्किलो वस्तु पोखरा र यस आसापासको आकाशमा देखिएपछि स्थानियहरु अचम्मित भएका थिए ।
निकै उज्यालो भएर देखिएको यस्तो वस्तु आकासमा केहि सेकेन्ड मात्र देखिएको थियो । स्याङ्जा सिहतका कास्की, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाबाट यो वस्तु सहज रुपमा देखिएको थियो ।
ठूलो आवाज सहित देखिएको यो के वस्तु हो भन्नेमा भने स्थानियवासी अन्योलमा रहेका थिए । उल्कापीण्ड जस्तो देखिएको यो चम्किलो वस्तुको तस्वीर यतिबेला सामाजिक संजालहरुमा भाइरल बनिरहेका छन् ।
यसैबीच सो वस्तु उल्कापीण्ड भएको हुन सक्ने र यस विषयमा अनुसन्धान हुँदै गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ती मार्फत जनाएको छ ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


