गएराति स्याङ्जा सहितका जिल्लाबाट आकाशमा उल्कापीण्ड देखियो

स्याङ्जा : गएराति नेपाली आकाशमा अचम्म किसिमको चम्किलो बस्तु देखिएको छ। राति करिब सवा ८ बजेतिर आगोको झिल्का जस्तो देखिने चम्किलो वस्तु पोखरा र यस आसापासको आकाशमा देखिएपछि स्थानियहरु अचम्मित भएका थिए ।
निकै उज्यालो भएर देखिएको यस्तो वस्तु आकासमा केहि सेकेन्ड मात्र देखिएको थियो । स्याङ्जा सिहतका कास्की, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाबाट यो वस्तु सहज रुपमा देखिएको थियो ।
ठूलो आवाज सहित देखिएको यो के वस्तु हो भन्नेमा भने स्थानियवासी अन्योलमा रहेका थिए । उल्कापीण्ड जस्तो देखिएको यो चम्किलो वस्तुको तस्वीर यतिबेला सामाजिक संजालहरुमा भाइरल बनिरहेका छन् ।
यसैबीच सो वस्तु उल्कापीण्ड भएको हुन सक्ने र यस विषयमा अनुसन्धान हुँदै गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ती मार्फत जनाएको छ ।


समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…