१० दिने उद्यमशिलता विकास तालिम भीरकोटमा शुरु
चुत्र महत/भीरकोट : भीरकोट नगरपालिका वडा न ९ को वडा कार्यालयमा १० दिने उद्यमशिलता विकास तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा द्धारा आयोजित कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले स्थानीय कच्चापर्दाथलाई अधिकतम प्रयोगरी प्रविधि र सिपको साथमा घरमै स साना उद्योग संचालनको लागी तालिमले सिकाउने भन्दै सिकेको सिपलाई व्यवहारमा उर्तान प्रशिक्षार्थी हरुलाई आग्रह गर्नुभयो । अहिले निर्वाहमुखी काम गरीरहेकाहरुलाई त्यही कामलाई उत्पादनमा वृद्धी गरी व्यवसायीकरण गराउनका निम्त्ती तालिमको आयोजना गरीएको समेत प्रमुख खनालले वताउनु भयो । उक्क्त कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले सिप सिक्नुहोस, उत्पादन गर्नुहोस वजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने वताउनु भयो ।
चैत्र ५ देखी १४ गते सम्म चल्ने १० दिने उद्यमशिलता विकास तालिममा २० जनाको सहभागीता रहने छ । १० दिने उद्यमशिलता विकास तालिममा व्यवसायको पहिचान,छनोट,व्यवस्थापन,उत्प्रेणा,प्रतिस्प्रधी क्षमताको विकास आदी वारे प्रशिक्षण दिने घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत एवम तालिमका प्रशिक्षक जगन्नाथ पाण्डेले वताए । भीरकोट नगरपालिका वडा न ९ का अध्यक्ष भीम वहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव शोभाकान्त पौडेलले र स्वागत स्वास्थ्य चौकी प्रमुख कुमार रानाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


