१० दिने उद्यमशिलता विकास तालिम भीरकोटमा शुरु

चुत्र महत/भीरकोट : भीरकोट नगरपालिका वडा न ९ को वडा कार्यालयमा १० दिने उद्यमशिलता विकास तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा द्धारा आयोजित कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले स्थानीय कच्चापर्दाथलाई अधिकतम प्रयोगरी प्रविधि र सिपको साथमा घरमै स साना उद्योग संचालनको लागी तालिमले सिकाउने भन्दै सिकेको सिपलाई व्यवहारमा उर्तान प्रशिक्षार्थी हरुलाई आग्रह गर्नुभयो । अहिले निर्वाहमुखी काम गरीरहेकाहरुलाई त्यही कामलाई उत्पादनमा वृद्धी गरी व्यवसायीकरण गराउनका निम्त्ती तालिमको आयोजना गरीएको समेत प्रमुख खनालले वताउनु भयो । उक्क्त कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले सिप सिक्नुहोस, उत्पादन गर्नुहोस वजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने वताउनु भयो ।
चैत्र ५ देखी १४ गते सम्म चल्ने १० दिने उद्यमशिलता विकास तालिममा २० जनाको सहभागीता रहने छ । १० दिने उद्यमशिलता विकास तालिममा व्यवसायको पहिचान,छनोट,व्यवस्थापन,उत्प्रेणा,प्रतिस्प्रधी क्षमताको विकास आदी वारे प्रशिक्षण दिने घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत एवम तालिमका प्रशिक्षक जगन्नाथ पाण्डेले वताए । भीरकोट नगरपालिका वडा न ९ का अध्यक्ष भीम वहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव शोभाकान्त पौडेलले र स्वागत स्वास्थ्य चौकी प्रमुख कुमार रानाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…