उड्ययन प्राधिकरणले भन्याे, ‘आफन्तको स्वागत र बिदाई गर्न त्रिभुवन विमानस्थलमा नआउनू’
काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरणले आफन्तको स्वागत र बिदाईका लागि त्रिभुवन विमानस्थलमा नआउन सर्वसाधारणलाई अपिल गरेको छ। सोमबार लागि त्रिभुवन विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेको हो। चीनबाट गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसले महामारीको रूप लिँदै विश्वका ६५ देशमा पुगेपछि प्राधिकरणले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सजगता अपनाउँदै यस्तो भनेको हो। प्राधिकरणले स्वागत र बिदाईमा नआउन अपिल गर्दै यदि अत्यावश्यक काममा विमानस्थल छिर्नुपरेमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ। कोरोनाको जोखिमबाट बच्न विमानस्थल कार्यालयले यात्रुको सुविधाका लागि प्रदान गर्दै आएको भिजिटर पासलाई बन्द गरिएको जानकारी महाप्रबन्धक देवेन्द्र केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


