स्याङ्जामा तासको खालबाट समातिए ९ जना, हेरेर बस्ने पनि प्रहरी नियन्त्रणमा
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा तास खेल्दै गरेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर १० राङखोलामा रहेको आँधिखोला रेष्टुरेण्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरको हो ।
पक्राउ पर्नेमा रेष्टुरेण्ट संचालक ६३ वर्षीय रनबहादुर गुरुङ, ४६ वर्षीय हरिप्रसाद गुरुङ, ३६ वर्षीय बसन्त थापा, ४९ वर्षीय खडानन्द अधिकारी, ४७ वर्षीय सुनिल कोईराला, ३३ वर्षीय राजु राना, ६१ वर्षीय तारा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले तास खलेको हेरेर बस्ने ४६ वर्षीय दिल बहादुर थापा रहेका छन ।
उनीहरुको साथमा भएको ४८ हजार ६ सय ७५ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


