स्याङ्जामा तासको खालबाट समातिए ९ जना, हेरेर बस्ने पनि प्रहरी नियन्त्रणमा

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा तास खेल्दै गरेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर १० राङखोलामा रहेको आँधिखोला रेष्टुरेण्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरको हो ।
पक्राउ पर्नेमा रेष्टुरेण्ट संचालक ६३ वर्षीय रनबहादुर गुरुङ, ४६ वर्षीय हरिप्रसाद गुरुङ, ३६ वर्षीय बसन्त थापा, ४९ वर्षीय खडानन्द अधिकारी, ४७ वर्षीय सुनिल कोईराला, ३३ वर्षीय राजु राना, ६१ वर्षीय तारा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले तास खलेको हेरेर बस्ने ४६ वर्षीय दिल बहादुर थापा रहेका छन ।
उनीहरुको साथमा भएको ४८ हजार ६ सय ७५ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…