स्याङजा : आर्हान्टको सम्झनामा फुटबल
सुशिल सुबेदी/वालिङ :
स्याङजाको वालिङमा दोस्रो आर्हान्ट स्मृती कपको आयोजना गरिने भएको छ । वालिङ युवा क्लबको आयोजनामा यही फागुन २२ गते देखी आर्हान्ट स्मृती कप शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
वालिङ—८ , खेलमैदानमा हुने स्मृती कपमा जिल्ला स्थित १२ बिद्यालयको सहभागीता हुने वालिङ युवा क्लबका सचिब भिम प्रसाद पंगेनीले बताए । विद्यार्थीको प्रतिभाको खोजी पनि हुने र खेलाडी पनि उत्पादन हुने यो प्रतियोगिताले स्याङ्जालाई चिनाउन मद्त पुग्ने पंगेनीले बताए ।
१२ बर्षमुनिका बिद्यार्थीहरुलाई लक्षित गर्दै सेभेन ए—साईड प्रतियोगिता फिफाको नियमअनुशार खेलाईने आयोजकको भनाई छ ।
वालिङ ८ का स्व आर्हान्ट सन् २००५ मे २१ मा बेलायतको रेडिङ शहरमा जन्मिएका थिए । बाल्यकाल देखीनै फुटबल खेलमा रुची भएका आर्हान्टको ब्रेन एन्टेरियोभेनस माल फर्मेशनको कारण ११ बर्षको उमेरमा निधन भएको थियो । उनकै सम्झनामा सोही उमेरका बिद्यार्थीहरुलाई यस खेलमा सहभागी गराईने खेल संयोजक राजन थापाले बताए ।
पहिलो , दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने टिमले क्रमश पन्ध्र हजार , दश हजार , पाँच हजार , नगद शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । रनिङ् सिल्ड प्रतियोगिता अनुसार गतबर्ष बालविद्या विकास माविले हासिल गरेको थियो ।
खेल प्रतियोगिता फागुन २४ गते समापन हुने छ । खेलको सबै आर्थिक खर्च स्वर्गिय आर्हान्टका पिता तथा यस कपका संरक्षक कुमार थापाले गर्नेछन् ।
‘मेरो छोराको सपना फुटबल खेलेर नेपालको नाम बिश्व सामु परिचित गराउने थियो , आज सबै खेलाडीलाई आर्हान्ट सम्झेको छु । धेरै आर्हान्ट वालिङ खेलमैदानले जन्माउनको लागी स्मृती कपले भूमिका खेल्नेछ । ’, थापाले भने ।
आर्हान्टको सम्झनामा यसअघिको प्रतियोगिता ट्रिनिटी क्लबको आयोजनामा सम्पन्न भएको थियो भने यस पटक वालिङ युवा क्लबले आयोजना गर्नेछ । यस कपलाई निरन्तरता दिन आगामी बर्षका लागि अक्षय कोष खडा गरेर अगाडी बढाईने क्लवका कोषाध्यक्ष सुरेश श्रेष्ठले जनाकारी दिए ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …