स्याङ्जामा भोलिबाट पसलसँगै यातायात समेत बन्द हुने
आँधीखोला खबर : कोरोना (कोभिड -१९ ) भाईरसको संक्रमणले विश्वमा माहामारीको रूप लिईरहेको अवस्थामा नेपाल सरकारले उच्च सतर्कता अपनाउदै आजवाट अत्यावश्यक सेवा वाहेकका सवै निजि तथा सार्वजानिक सेवा बन्द गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका देशहरू पनि उच्च जोखिममा रहेको वताएपछि सरकारले उच्च सतर्कता अपनाएको हो । सवै जिल्लाका जिल्ला तथा सथानीय तहमा विपत व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेका वेला जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेकका सेवा ( खाद्य किराना,औसधि , पेट्रोल पम्प, तरकारी पसल ) बाहेक सबै पसल बन्द गर्न अनुरोध गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरूम्वाङले आफ्नो फेसवुकमा पोष्ट गर्दै कोरोना भाईरसको उच्च जोखिम प्रति सावधानी अपनाउन उक्त सार्वजानिक अनुरोध गरिएको हो ।
त्यस्तै प्रजिअ कुरूम्वाङले भोलिबाट चैत्र २१ गते सम्म जिल्लामा लामो तथा छोटो दुरीका सार्वजनिक यातायात नचल्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराउनु भएको हो ।


समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


