स्याङ्जा जिल्लाको पुन नाप नक्साङ्कन शुरु,अवको जग्गा प्रशासन पारदर्शी र शुशासन-मन्त्री अर्याल
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको पुन नाप नक्साको काम शुरु भएको छ । भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आज वालिङबाट जिल्लाको पुन नाप नक्साको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भुमीलाई व्यवस्थापन गर्न नयाँ प्रविधिबाट जग्गाको नापी गर्ने व्यवस्था सगै जमिनलाई स्क्यानीक गर्ने तयारीमा जुटेको जानकारी गराउनु भयो
हिजोको प्रविधिको अभावमा नेपालको जग्गा जमिन नमिलेको भन्दै मन्त्री अर्यालले भन्नुभयो, अब नयाँ प्रविधिले नापी गरेपछि जमिनको भाग मिल्नेछ ।
नापी कार्यालय वालिङको नवनिर्मित भवनको समेत उद्घाटन गर्नुहुदै मन्त्री अर्यालले अवको जग्गा प्रशासन पारदर्शी र शुशासन भन्ने धारणाका साथ अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो, हिजोको मालपोत र नापी कार्यालयको सेवामा निक्कै परिवर्तन ल्याएका छौं ।
विकासको आधारको रुपमा नेपालमा पुँजी निर्माण भएको भन्दै मन्त्री अर्यालले विकासको सुचाकाङ्क राम्रो हुँदै गएको स्पष्ट पार्नु भयो ।
सबै लोकतान्त्रिक शक्ति एक ठाँउमा भएकै कारण आजको दिन प्राप्त गरेको भन्दै अर्यालले अव देश बिकासमा समेत एकठाँउमा हुन जरुरी रहेको बताउनु भयो । उहाँले भष्ट्राचार न्युनिकरण गर्न यो सरकार कठोर भएर लागेको बताउनु भयो । मन्त्री अर्यालले यो सरकारको पालामा कमै भष्ट्राचार भएको दावी समेत गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, नापी विभागमा महानिर्देशक केदार न्यौपाने, गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री, आँधीखोला गाँउपालिकाका प्रमुख सुधिर पौडेल, नेकपाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, नेपाली काँग्रेसका सरस्वती तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल र जग्गादाता डोलराज तिवारी लगायतले बोलेका थिए । अपाङ्गमैत्री नापी भवन आत्रेय÷ब्रम्हायणी÷कामख्य जे.भी काठमाण्डौले निर्माण गरेको हो । २ करोड १४ लाख २६ हजार १ सय ५४ रुपैयामा निर्माण गरिएको भवन १४ कोठाको रहेको छ । वालिङको नापी कार्यालयबाट साविकका ३१ गाविसका जनताको सेवा प्रवाह गर्दै आएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …