स्याङ्जा फेदीखोला मा हेल्थ डेस्क स्थापना
स्याङ्जा : स्याङजाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । आजदेखि स्याङजा जिल्ला प्रवेशको कुभिन्डे नाकामा गाउँपालिकाद्वारा हेल्थ डेस्क स्थापना गरिएको हो ।
जिल्ला प्रवेशको पहिलो नाका भएको र विदेशी पर्यटक तथा विदेशबाट स्याङ्जा आउनेहरुपनि यही नाका हुँदै आउने भएकाले कुभिन्डे नाकामा हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले प्रारम्भिक चेकजाँचको क्रममा कोरोना सँग सम्बन्धित लक्षणहरु देखिए पश्चिमान्चल अस्पत्तालमा रिफर गर्नको लागी गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिए ।

फेदीखोला गाउँपालिकाभित्र विदेशबाट आएकाहरुलाई पहिलो चरणमा १४ दिन क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाभित्र रहेको सिद्धार्थ बहुमुखी क्याम्पसमा २० वटा बेड व्यवस्थापन गरिएको छ ।
वाइफाई, पिउने पानी, शौचालय सुविधा, स्वाथ्यकर खाजा एबंम खाना, उपयुक्त पुस्तक, पत्रपत्रिका, सहितको वेड व्यवस्थापन गरिएको अध्यक्ष सुवेदीले बताए । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा पारिवारिक बातावरण सृजना गरिने उनको भनाइ छ ।
अध्यक्ष सुवेदीले जिम्मेवार भएर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै विश्वमा फैलिएको महामारी कोरोना भाइरसलाइ साझा अभियानबाट अन्त्य गर्नको लागि पहल गर्न समेत आग्रह समेत गरेका छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


